२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्लास्टिक उद्योगमा आगलागी, चार करोडभन्दा बढी क्षतिको अनुमान



अ+ अ-

बरहथवा । सर्लाहीको ईश्वरपुरमा प्लास्टिक उद्योगमा आगलागी भएको छ । आज बिहान भएको आगलागीबाट ईश्वरपुर नगरपालिका–७, ब्रह्मस्थानमा रहेको हिमालयन पोली नेपाल नामको प्लास्टिक झोला उद्योग नष्ट भएको हो ।

विद्युत् ‘सर्ट’ भएर राति एक्कासि लागेको आगोले उद्योग रहेको नेत्रबहादुर कार्कीको घर पूर्ण रूपमा नष्ट भएको छभने छिमेकी नवलकिशोर साहको घरमा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

चन्द्रनगर गाउँपालिका–४, पोखरिया टोल निवासी रामछविला साहले कार्कीको घर भाडामा लिएर उद्योग सञ्चालन गर्नुभएको थियो । आगलागीबाट उद्योगमा रहेको सम्पूर्ण उपकरण, तयारी सामग्री, कच्चापदार्थलगायत सामान नष्ट हुँदा रु सात करोड पचास लाख बढीको क्षति पुगेको उद्योग सञ्चालक साहले दाबी गर्नुभयो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय, हरिवन र मलङ्गवा नगरपालिकाबाट पुगेको वारुणयन्त्रको सहयोगमा साढे २ घण्टापछि आगो नियन्त्रणमा आएको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको श्रेष्ठले जानकारी दिनुभयो ।

आगलागीबाट अनुमानित रु चार करोड बढीको क्षति भएको प्रहरको अनुमान रहे पनि क्षति र घटनास्थलको मुचुल्का संकलनको काम भइरहेकाले क्षतिको यकिन विवरण आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । रासस