५ पुष २०८२, शनिबार
,
Latest
राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तामा एउटा र प्रतिपक्षमा हुँदा र्को कुरा गर्ने परिपाटी अन्त्य गरौँः कृष्णप्रसाद सिटौला



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले सत्ता र प्रतिपक्षमा हुँदा फरक कुरा गर्ने परिपाटी अन्त्य गर्न जरुरी रहेको बताउनुभएको छ ।

शुक्रवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले सत्तामा हुँदा एउटा र प्रतिपक्षमा जाँदा अर्को कुरा गर्ने परिपाटी राम्रो नभएको बताउनु भयो । उहाँले कुर्सीमा रहँदा जनता र देशका लागि कति काम गरेँ भन्नेकुराले नै महत्वपूर्ण अर्थ राख्ने बताउनु भयो । उहाँले केन्द्रिकृत राज्य सञ्चालनको भावना हटाउनुपर्ने बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा पनि नेपालले नयाँ ढंगले सोच्नुपर्ने बताउनु भयो । जनतामा जाँदा काम गर्ने संकल्प लिएर जानुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सत्तामा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को कुरा बोल्नु उपयुक्त होइन । एउटा कुरा उपयुक्त हो । मैले मेरो कुर्सीमा रहँदा, सरकारको नेतृत्व गर्दा, मेरो मन्त्रालयको नेतृत्व गर्दा मैले जिम्मेवारी पाउँदा, देश र जनताको हितमा कति काम गरेँ, स्पष्टसँग जनतालाई भन्नसक्ने आँकडा, हिसावकिताव रहनै पर्छ । तबमात्र हामी जनताको प्रतिनिधि भएर, जनताको सार्वभौम अधिकार जनताको लागि प्रयोग गर्ने अधिकारको सदुपयोग गर्नसक्छौँ ।’

संविधानको अधिकार प्रयोग गर्न नपाएको प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुले गुनासो गरेको बताउनु भयो । उहाँले अहिले पनि नेपालको समग्र मानसिकता संघीयता बमोजिम हुन नसकेको बताउनु भयो । अहिले पनि केन्द्रिकृत शासन प्रणालीको मानसिकता हावी रहेको बताउनु भयो ।