काठमाडौँ । रास्वपाका सांसदहरुले प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन् ।
बैठकको सुरुमै बोल्न समय नपाएको भन्दै होहल्ला र नाराबाजी गर्दै रास्वपाका सांसदहरुले आसनबाट उठेर विरोध गरेका थिए ।
सभामुख घिमिरेले उनीहरुलाई आसन ग्रहणको अनुरोध गर्दा समेत नमानेपछि रास्वपाको अवरोधकै बिच राष्ट्रपतिबाट प्राप्त पत्रहरु पढेर सुनाएका छन् ।
सभामुखले राष्ट्रपतिको पत्र पढ्दै गर्दा रास्वपा सांसदहरुले बैठक छाडेर निस्केका छन् ।