२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा सांसदद्वारा प्रतिनिधिसभाको बैठक अवरुद्ध



अ+ अ-

काठमाडौँ । सङ्घीय संसद्को हिउँदे अधिवेशन सुरु भएको केहिबेरमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले विरोध जनाएका छन् ।

सभामुख देवराज घिमिरे विषयबस्तुमा प्रवेश गर्दै गर्दा आफ्नो आसनबाट उठेर रास्वापाका सांसदले बैठक अवरोध गरेका हुन् ।

सभामुखले रास्वपाका सांसदलाई आफ्नो आसनमा बसेर बैठक सञ्चालन गर्ने वातावरण मिलाउन आग्रह गरेका छन् । उनले संसद बैठकको कार्यसूचीमै दलीय आधारमा बोल्न पाउने समय मिलाइएको भन्दै सोही क्रममा आफ्ना धारणा राख्न रास्वपाका सांसद आग्रह गरेका छन् ।

यसैबिच, सभामुखले आफ्नो आसनमा बसेर सभा सञ्चालनमा सहयोग गर्न आदेश समेत दिएका छन् ।

अहिले पनि रास्वपा सांसदहरुले उभिएर बिरोध जनाइरहेका छन् । संसद बैठक अघि बढ्न सकेको छैन ।