२२ भाद्र २०८३, सोमबार
,
Latest
सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणी अस्पतालमा ५ सय शैय्याको भवन निमार्णको माग गर्दै धर्ना शुरु



अ+ अ-

काठमाडौँ । वीरगञ्जको नारायणी अस्पतालमा ५ सय शैय्याको भवन निमार्णका लागि दबाब दिन चिकित्सकहरु धर्ना बसेका छन् ।

आज बिहानबाट वीरगञ्जको नारायणी अस्पताल भवन निर्माण संघर्ष समिति धर्नामा बसेको हो । निर्माणको लागि टेण्डर भएपनि लामो समयदेखि निर्माण कार्य शुरु नभएको हुनाले बाध्य भएर धर्ना कार्यक्रम गर्न लागिएको संघर्ष समितिका संयोजक डा. निरजकुमार सिंहले बताउनु भयो ।

उहाँकाअनुसार विगत लामो समयदेखि प्रयासरत रहँदा पनि नारायणी अस्पतालको भवन निमार्ण हुन सकेको छैन । तर नेपालका अन्य केन्द्रिय अस्पतालहरुमा ५ सय शैय्याको भवन निमार्ण भई कार्य सञ्चालन समेत भइसकेको बताउनु भयो ।

नारायणी अस्पताल, वीरगञ्जको हाताभित्र ५ सय शैय्याको नविन भवन निमार्णका लागि दबाब दिन आज बिहान ११ बजे शान्तीपूर्वक धर्नामा बसी बिरोध गरेको सिंहले बताउनु भयो ।