६ श्रावण २०८३, बुधबार
,
Latest
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यादेशको विषयलाई लिएर सत्तापक्ष–प्रतिपक्षीबीच टकरावको संकेत



अ+ अ-

काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै छ । साढे चार महिनापछि बस्न लागेको संसद्को बैठकमा अध्याध्यक्षको विषयलाई लिएर सत्तापक्ष र प्रतिपक्षीबीच टकरावको संकेत देखिएको छ ।

आज दिउँसो एक बजे बस्ने बैठकका लागि दलहरुले आ–आफ्नै रणनीति बनाएका छन् । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले अध्यादेशको विषयवस्तुलाई लिएर सरकारको बचाउ गर्ने तयारी गरेका छन् । विपक्षीले भने संसद् छलेर सरकारले अध्यादेश ल्याएको भन्दै आपत्ति जनाउने भएका छन् । विपक्षी दलहरुले मोर्चाबन्दी नै गरेर अध्यादेशको विरोध गर्ने निर्णय गरिसकेका छन् ।

पहिलो दिनको बैठकमै सरकारले ल्याएकार ६ वटा अध्यादेश एकसाथ पेश गर्ने तयारी गरेको छ । केही दिनअघि मात्र ल्याएका पाँच वटा र गत पुसमा ल्याएको सहकारीसम्बन्धी अर्को अध्यादेशलाई सरकारले आजको बैठकमा पेश गर्दै छ ।

विपक्षी दलहरुको हिजो बसेको संयुक्त बैठकले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय गरिसकेका छन् । बैठकले अध्यादेश विधि र प्रक्रिया मिचेर ल्याएको भएकाले अस्वीकार गर्ने निर्णय गरेका हुन् । तर कांग्रेस र एमालेले अध्यादेशको बचाउ गर्ने भएकाले पहिलो बैठकमै आरोप–प्रत्यारोपको सम्भावना देखिएको छ ।

विपक्षीहरूले तर्कसहित अध्यादेशको विरोध जनाउने भएपछि कांग्रेस र एमालेले पनि पार्टीको बैठक राखेर प्रतिवाद गर्न निर्देशन नै दिइसकेका छन् ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरुले सम्बोधन गर्ने कार्यसूची छ ।

नेताहरुले अध्यादेशकै विषयमा बोल्ने सम्भावना छ । त्यसैगरी विपक्षी दलहरुले राष्ट्रियता, जनजीविका र बढ्दो महँगी नियन्त्रणमा सरकारको बेवास्ता लगायतका विषयलाई एकसाथ उठाउने तयारी गरेका छन् ।