२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यादेशको विषयलाई लिएर सत्तापक्ष–प्रतिपक्षीबीच टकरावको संकेत



अ+ अ-

काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै छ । साढे चार महिनापछि बस्न लागेको संसद्को बैठकमा अध्याध्यक्षको विषयलाई लिएर सत्तापक्ष र प्रतिपक्षीबीच टकरावको संकेत देखिएको छ ।

आज दिउँसो एक बजे बस्ने बैठकका लागि दलहरुले आ–आफ्नै रणनीति बनाएका छन् । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले अध्यादेशको विषयवस्तुलाई लिएर सरकारको बचाउ गर्ने तयारी गरेका छन् । विपक्षीले भने संसद् छलेर सरकारले अध्यादेश ल्याएको भन्दै आपत्ति जनाउने भएका छन् । विपक्षी दलहरुले मोर्चाबन्दी नै गरेर अध्यादेशको विरोध गर्ने निर्णय गरिसकेका छन् ।

पहिलो दिनको बैठकमै सरकारले ल्याएकार ६ वटा अध्यादेश एकसाथ पेश गर्ने तयारी गरेको छ । केही दिनअघि मात्र ल्याएका पाँच वटा र गत पुसमा ल्याएको सहकारीसम्बन्धी अर्को अध्यादेशलाई सरकारले आजको बैठकमा पेश गर्दै छ ।

विपक्षी दलहरुको हिजो बसेको संयुक्त बैठकले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय गरिसकेका छन् । बैठकले अध्यादेश विधि र प्रक्रिया मिचेर ल्याएको भएकाले अस्वीकार गर्ने निर्णय गरेका हुन् । तर कांग्रेस र एमालेले अध्यादेशको बचाउ गर्ने भएकाले पहिलो बैठकमै आरोप–प्रत्यारोपको सम्भावना देखिएको छ ।

विपक्षीहरूले तर्कसहित अध्यादेशको विरोध जनाउने भएपछि कांग्रेस र एमालेले पनि पार्टीको बैठक राखेर प्रतिवाद गर्न निर्देशन नै दिइसकेका छन् ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरुले सम्बोधन गर्ने कार्यसूची छ ।

नेताहरुले अध्यादेशकै विषयमा बोल्ने सम्भावना छ । त्यसैगरी विपक्षी दलहरुले राष्ट्रियता, जनजीविका र बढ्दो महँगी नियन्त्रणमा सरकारको बेवास्ता लगायतका विषयलाई एकसाथ उठाउने तयारी गरेका छन् ।