११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह

समाजवादी मोर्चाले चैत्र २४ गते जनप्रदर्शन गर्ने

समाजवादी मोर्चाले चैत्र २४ गते जनप्रदर्शन गर्ने
अ अ+ अ-

काठमाडौँ । समाजवादी मोर्चाले चैत्र २४ गते काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ ।

बुधवार नेकपा (एकीकृत समाजवादी)को केन्द्रिय कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको केन्द्रिय संयोजन समितिको दशौं बैठकले यस्तो निर्णय गरेको हो । बैठकले चैत्र पहिलो हप्ता मधेसमा जन प्रदर्शनसहितको कार्यक्रम गर्ने निर्णय भएको पनि नेकपाका नेता खड्गबहादुर विश्वकर्माले बताउनु भयो ।

उहाँकाअनुसार समाजवादी मोर्चाले फागुन अन्तिमसम्म समाजवादी मोर्चाको बारेमा जानकारी गराउने उद्देश्यले समाजवादी मोर्चा प्रकाशन गर्ने निर्णय भएको छ । त्यस्तै समाजवादी मोर्चामा मोहनविक्रम सिंहको पार्टी र अन्य पार्टीहरुसलाई भित्र्याउन छलफल अघि बढाउने निर्णय भएको बताउनु भयो ।

बैठकले वर्तमान सरकार गणतन्त्रबिरोधी रुपमा देखिएको निस्कर्ष निकालेको छ । बैठकले समाजवादी मोर्चालाई सुदृढ बनाउने, मधेस प्रदेशमा मोर्चामा सहभागी चार वटै राजनीतिक दलहरुलाई समाजवादी मोर्चा पुनःगठन गर्ने जिम्मा दिने र देशभर मोर्चा गठन गर्न बाँकी भएका ठाउँमा नेपाल समाजवादी पार्टीलाई संलग्न गरेर समाजवादी मोर्चा गठन गर्ने निर्णय भएको बताउनु भयो ।

बैठकले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग सरकारले गरेको सहमति, डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टीसँग सरकारले गरेको सहमति र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीसँग सरकारले गरेको सहमति कार्यान्वयन गर्न दबाब दिने निर्णय भएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मंगलवार काठमाडौंमा गरेको कार्यक्रमको समीक्षा भएको छ । कार्यक्रम भव्य र शानदार भएको छ । त्यसले एउटा राम्रो सन्देश दिएको समीक्षाको निस्कर्ष छ । चार वटै पार्टीका साझा भावलाई महत्व दिनसके मात्रै प्रभावकारी बन्छ भन्ने हाम्रो निस्कर्ष छ । जिल्ला जिल्लामा समाजवादी मोर्चा गठन हुन बाँकी भए गठन गर्ने । गठन भइसकेका ठाउँका संरचनालाई सक्रिय बनाउने ।

नेपाल समाजवादी पार्टी सहितको देशभर बनेका प्रदेश र जिल्लाका संरचनामा यस पार्टीका सहभागितासहित पुनःगठन गर्ने । मधेस प्रदेशमा हेर्ने जिम्मा, समाजवादी मोर्चा गठन गर्ने जिम्मा चार वटै पार्टीले बाँडफाँड गरेर छिटो गर्ने । समाजवादी मोर्चालाई अझ सुदृढ गर्ने । राज्य सञ्चालकहरुको तरिका अलि बढी गणतन्त्रबिरोधी रुपमा देखिएको जस्तो छ ।

हामीसँग भएका सहमति कार्यान्वयन गर्न देशभरका समस्याका सम्बन्धमा जनप्रदर्शनसहितको बिरोध सभा गर्ने । त्यो चैत्र २४ गते हुनेछ । चैत्र पहिलो हप्ता मधेसमा जनसभा गर्ने । समाजवादी मोर्चा प्रकाशन गर्ने, फागुन अन्तिसम्ममा । सबै प्रदेशमा जन सभा कार्यक्रम गर्ने । समाजवादी मोर्चालाई फराकिलो बनाउने सन्दर्भमा मोहन विक्रमसँग कुरा गर्ने र साथै अन्य पार्टीहरुसँग कुरा गर्ने ।’

बैठकले मंगलवार मोर्चाले गरेको कार्यक्रमको समीक्षा गर्दै कार्यक्र म भव्य भएको निस्कर्ष निकालेको छ ।