१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापति कप फुटबल प्रतियोगिताको ट्रफी अनावरण



अ+ अ-

काठमाडौँ । सभापति कप फुटबल प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ ।

नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगिताको ट्रफी अनावरण गरिएको हो । शहीद दिवसको अवसर पारेर काठमाडौंको शहीद गेटमा आयोजकले ट्रफी अनावरण गरेको हो ।

महाधिवेशन निर्देशन समितिले आज शहीद दिवस परेकाले ट्रफी सहिद गेटमा अनावरण गरेको जनाएको छ । माघ १० गतेदेखि सुरु भएको नकआउट फुटबल प्रतियोगिताको फाइनलमा संकटा क्लव र आयोजक लोकतान्त्रिक खेलकुद संघ वागमती प्रदेश (वागमती)फाइनलमा प्रवेश गरिसकेका छन् । प्रतियोगिताको विजेतालाई नगद २६ लाख र उपविजेतालाई १३ लाख रुपैयाँ प्रदान गरिनेछ ।