१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेस्रो टी–२० मा इंग्ल्याण्डले भारतलाई २६ रनले हरायो



अ+ अ-

काठमाडौँ । मंगलबार भएको तेस्रो टी–२० खेलमा भारत इंग्ल्याण्डसँग २६ रनले पराजित भएको छ ।

राजकोटमा भएको खेलमा इंग्ल्यान्डबाट भारतले १७२ रनको लक्ष्य पाएको थियो तर भारतीय ब्याट्सम्यानले २० ओभरमा ९ विकेट गुमाएर १४५ रन मात्रै बनाउन सके ।

भारतले ८ ओभरमा ६८ रनमा ४ विकेट गुमाएको थियो । यहाँबाट रन रेट अत्यन्त सुस्त बन्यो, टोलीले अर्को ६ ओभरमा २२ रन मात्र बनाउन सके, जुन हारको सबैभन्दा ठूलो कारण बन्यो ।

हार्दिक पाण्ड्याले ३५ बलमा ४० रन, वासिङ्टन सुन्दरले १५ बलमा ६ रन र अक्षर पटेलले १६ बलमा १५ रन बनाए ।

तेस्रो टी–२० जितेर इंग्ल्याण्डले सिरिज बचाएको छ । सिरिजमा भारत अझै २–१ ले अगाडि छ । चौथो खेल ३१ जनवरीमा पुणेमा हुनेछ ।