४ पुष २०८२, शुक्रबार
,
Latest
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दैं रास्वपा सभापति रवि लामिछाने आज रिहा हुँदै चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेशसभाको बैठक आह्वान



अ+ अ-

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बागमती प्रदेश मन्त्रिपरिषद्बाट सिफारिस भई आएअनुसार प्रदेशसभाको हिउँदे अधिवेशनको बैठक यही माघ १८ गते बिहान ११ बजे बस्ने गरी आह्वान गर्नुभएको छ ।

यही माघ ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले माघ १८ गते बस्ने गरी हिउँदे अधिवेशन आह्वन गर्न प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णयअनुसार प्रदेश प्रमुख देवकोटाले बैठक आह्वान गर्नुभएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो ।

प्रदेश प्रमुखले बैठक आह्वान गर्नुभएको सूचनाको पत्र प्रदेशसभा सचिवालयमा आजै अपराह्नमा दर्ता गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।

मन्त्रिपरिषदको सिफारिसबमोजिम गत असोज १० गतेबाट वर्षे अधिवेशन अन्त्य गरिएको थियो ।