११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह पश्चिम नवलपरासीमा पाँच शव फेला रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार, टनेलमा फसेका सात जनाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै रसुवा बाढीः कञ्चनपुरका कर्मचारीसहित २४ जना सम्पर्कविहीन भारत सरकारबाट प्राप्त राहत सामग्री औपचारिक रूपमा ग्रहण भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन बाढी प्रभावित अपर त्रिशूली–३ ‘ए’ आयोजनामा नेपाली सेनाको हेलिकप्टर अवतरण, उद्धार तथा विद्युत् पुनर्स्थापना तीव्र आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार सुरु रसुवा बाढी : उद्धारका लागि १५ भन्दा बढी उडान, ११६ जनाको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकलाई निकास दिन नेपाली विशेषतामा आधारित समाजवाद आवश्यकः महासचिव चन्द



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्दले मुलुकलाई निकास दिनको लागि नेपाली विशेषतामा आधारित समाजवादको आवश्यकता रहेको बताउनुभएको छ ।

मंगलवार समाजवादी मोर्चा नेपालले काठमाडौंमा आयोजना गरेको विचार सभालाई सम्बोधन गर्दै महासचिव चन्दले यस्तो बताउनुभएको हो ।

उहाँले नेपाललाई पुँजीवाद र दलालवादबाट अन्त्य गर्नको लागि नेपाली विशेषतामा आधारित समाजवादको आवश्यकता रहेको बताउनु भयो । उहाँले नेपाली विशेषतामा आधाररित समाजवाद ल्याउन सकेमात्रै मुलुकमा राजनीतिक स्थायित्व दिन र मुलुकको साशकीय स्वरुप परिवर्तन समाजवादबाट मात्र हुने उहाँको जिकिर छ ।

मुलुकमा अझै पनि एक प्रकारको उकुसमुकुस र अशान्ती कायमै रहेको उल्लेख गर्दै उहाँले समाजवादी मोर्चाको गठनसँगै जनतामा आशा पलाउन थालेको बताउनु भयो ।

महासचिव चन्दले भन्नुभयो, ‘नेपालको एउटा निर्विकल्प निकाश भनेको समाजवाद हो । नेपाललाई पुँजीवाद र दलालवादबाट अन्त्य गर्नको लागि निकास दिने नेपाली विशेषताको समाजवाद हो ।

आजको दिनमा नेपालको सन्दर्भमा वैज्ञानिक समाजवादमा सहमति बन्न सक्दैन भनेपनि समाजवादी पार्टीहरुको बीचमा एउटा सहमति कायम गर्दै जुनसुकै क्षेत्रबाट होस् त्यसलाई अगाडि लग्नुपर्ने जरुरी छ । जसले राजीतिक स्थिरता दिनसक्छ । शासकीय प्रणालीको स्वरुपमा परिवर्तन गर्नसक्छ । व्यवस्थापीक प्रणालीलाई पनि सुधार गर्नसक्छ ।’

समाजवादी मोर्चालाई अझै सक्रिय बनाउन सबै दलहरु एक भएर अगाडि बढ्नुपर्नेमा उहाँको जोड छ ।