२२ मंसिर २०८२, सोमबार
,
Latest
मुस्ताङका उच्चलेंंकमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै एकाबिहानै तातोपानीमा मह र कागती मिसाएर पिउँदा मिल्छ यस्ता फाइदा थाइल्यान्डमा लुम्बिनी–नेपाल म्याराथन आयोजना हुने दैनिक १० मिनेट हिँड्दा आयु ७ प्रतिशतले बढ्नसक्ने सेल्टा भिगोसँग रियल मड्रिड घरेलु मैदानमै पराजित नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड ‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुमराह बने आईसीसी टेस्ट प्लेयर अफ द इयर



अ+ अ-

एजेन्सी । भारतीय तिब्र गतिका बलर जसप्रित बुमराह आईसीसी टेस्ट प्लेयर अफ द इयर घोषित भएका छन् ।

इंग्ल्याण्डका जो रुट, ह्यारी ब्रुक र श्रीलंकाका कामिन्दु मेन्डिस पनि यो दौडमा थिए । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सोमबार यो घोषणा गरेको हो ।

बुमराह यो उपाधि पाउने पहिलो भारतीय फास्ट बलर हुन् । उनले गत वर्ष ७१ विकेट लिएका थिए ।

बुमराह बाहेक अफगानिस्तानका अजमातुल्लाहले ओडीआई प्लेयर अफ द इयरको अवार्ड पाए । महिलातर्फ भारतकी उपकप्तान स्मृति मन्धाना वर्षको उत्कृष्ट एकदिवसीय खेलाडी भइन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले हरेक वर्ष टी–२०, एकदिवसीय र टेस्टका उत्कृष्ट खेलाडीलाई सम्मान गर्दै आएको छ ।