७ फाल्गुन २०८१, बुधबार
February 19, 2025 Wednesday
Latest
फागुन ७ हामी नेपालीको जीवनमा सर्वाधिक महत्वपूर्ण दिन : प्रधानमन्त्री ओली लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्ध रहन प्रजातन्त्र दिवसले प्रेरणा दिन्छ : सभामुख घिमिरे संविधानको रक्षा, पालना र कार्यान्वयन अहिलेको प्राथमिकताः अध्यक्ष दाहाल यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फागुन ७ गते नेपाल र नेपालीको लागि एउटा कोशेढुङ्गा: पूर्वराष्ट्रपति भण्डारी जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत : राष्ट्रपति पौडेल बायर्न च्याम्पियन्स लिगको अन्तिम १६ मा, मिलान बाहिरियो प्राप्त उपलब्धिलाई अक्षुण राख्नु आजको आवश्यकता : उपराष्ट्रपति यादव यस्तो छ आजको मौसम पूर्वानुमान मुलुकभर आज प्रजातन्त्र दिवस मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति पौडेलद्धारा दीप प्रज्वलन गरि सोनाम ल्होसारको शुभारम्भ



अ+ अ-

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा एक समारोहबीच दीप प्रज्वलन गरी सोनाम ल्होसारको शुभारम्भ गर्नुभएको छ । सो क्रममा लामा गुरुहरूले विषेश पूजा र मन्त्रोचरण गरेका थिए । साथै, तामाङको संस्कृतिक प्रस्तुती ताम्बा र बाम्बोको प्रस्तुति गरिएको थियो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वहरूले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।

सोनम ल्होसार पर्वको शुभारम्भ समारोहमा राष्ट्रपति पौडेलले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएकाले यहाँ बसोबास गर्ने सबै जातजातिको आफ्नो भिन्न परम्परा, रीतिरिवाज र संस्कृतिहरू रहेको बताउनुभयो ।

उहाँले भिन्न सांस्कृतिक विविधता बोकेको नेपालमा तामाङ जातिको ठुलो समुदाय रहेको र तामाङ जातिको सामाजिक, सांस्कृतिक एवम् धार्मिक जीवनमा ल्होसार परम्पराको विशिष्ट र अत्यन्तै महत्वपूर्ण स्थान रहेको बताउनुभयो ।

राष्ट्रपति पौडेलले गणितीय ज्योतिष परम्परामा आधारित ल्होसार पर्व तामाङ संस्कृतिकै एक अभिन्न अङ्ग भएको बताउदै यसले तामाङ जातिको उद्गम, सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानलाई समेत प्रतिबिम्बित गर्दछ भन्ने आफुले बुझेको स्पष्ट पार्नुभयो ।

राष्ट्रपति पौडेलले तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजाति समुदायको राष्ट्रिय पर्व सोनाम ल्होसारको पावन अवसरमा सबैमा सुस्वास्थ्य, समृद्धि, प्रगति र समस्त मानव जगतको कल्याणको शुभकामना व्यक्त गर्नुभयो ।