२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

अनलाइन जुवा खेलाउने दुई जना पक्राउ

अनलाइन जुवा खेलाउने दुई जना पक्राउ
अ अ+ अ-

काठमाडौं। गैरकानुनी अनलाइन जुवा खेलाएर दुई करोड बढी रकम कारोबार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका वडा नम्बर ९ घर भई हाल काठमाडौं बाफल बस्ने ४८ वर्षीय राजप्रकाश श्रेष्ठ र नुवाकोट विदुर नगरपालिका वडा नम्बर १३ घर भई हाल काठमाडौं सोह्रखुट्टे बस्ने २३ वर्षीय हरिचन्द्र भुजेल रहेका छन्।

उनीहरूलाई आफ्नै कोठामा अनलाइन जुवा खेलाएको अवस्थामा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार बेटिङ एप्लिकेशनमार्फत् विश्वभर सञ्चालन हुने विभिन्न अनलाइन गेमहरूमा उनीहरू संलग्न हुने गरेको पाइएको छ। उनीहरूले ‘मन्त्र १०८’ नामक वेबसाइटबाट जुवा खेलाउने, रकम संकलन गर्ने र क्रिप्टो करेन्सीबाट ट्रेड गर्ने गरेको आचार्यले बताए।

उनीहरूले हालसम्म बैंक खाता तथा बाइनान्स आइडी प्रयोग गरी हालसम्म २ करोड ४१ हजार ६३६ रुपैयाँ बराबरको कारोबार गरेको खुलेको छ।

पक्राउ परेकालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद(५ को दफा १२५ अन्तर्गत नुवा खेल्न वा सट्टेबाजी गर्न नहुने र सोही संहिताको दफा २६२ (क) १ अन्तर्गत अभौतिक मुद्राको प्रयोग गर्न नहुने बमोजिमको कसुरमा थप अनुसन्धान र कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।

पक्राउ परेका व्यक्तिको कोठा खानतलासी गर्दा चार थान मोबाइल सेट, कम्प्युटर १ थान, एनसेल ५० थान सिम, एनटिसी सिम ९ थान, विभिन्न व्यक्तिको नाममा रहेका २७ थान एटिएम कार्ड, डायरी ५ थान, चेकबुक ७ थान र नगद ९० हजार बरामद भएको आचार्यले बताए।