४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’

बाजुराको स्याउ धनगढीमा

बाजुराको स्याउ धनगढीमा
अ+ अ-

काठमाडौं । बाजुरामा उत्पादित स्याउ धनगढी बजारमा आइपुगेको छ । मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रम अन्तरगत यस वर्ष पहिलो चरणमा हवाईजहाज मार्फत २० क्विन्टल स्याउ नेपालगन्ज हुँदै बुधवार धनगढी पुर्याइएको छ । यससँगै बुधबार देखि नै धनगढीको बजारमा बाजुराको स्याउ पाउन थालेको छ ।  

हेर्दा राम्रो नदेखिएपनि बाजुराको स्याउ खादा भने स्वादिलो छ । सोही स्याउ अहिले सुदूरपश्चिम प्रदेशको धनगढी बजारमा पाउन थालेको छ । स्वदेशमै उत्पादन भएको स्याउलाई प्रवद्र्धन गर्ने उद्देश्यले बाजुराबाट २० क्विन्टल स्याउ धनगढी बजारमा विक्री गर्न ल्याइएको ‘स्याउ कृषक समन्वय समिति’ले जनाएको छ । स्वामिकार्तिक खापर गाउँपालिकाको समन्वयमा बाजुराको स्याउ कोल्टीबाट धनगढी सम्म हवाई जहाज मार्फत ल्याइएको छ । सोही स्याउ प्रतिकेजी १ सय १० रुपैयाँमा धनगढी बजारमा खरिद गर्न पाइन्छ । समितिका अध्यक्ष मानबहादुर रोकायाले बाजुरामा ४० रुपैयाँमा खरिद गरेको स्याउ धनगढी सम्म आइपुग्दा प्रतिकेजी १ सय १० रुपैयाँ पुगेको बताउनुभयो । विभिन्न ठाउँमा भरिया, ट्याक्टर, जहाजबाट ढुवानी गर्नुपर्दा लागत बढेको उहाँको भनाई छ ।

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले सुदूरपश्चिमलाई फलफूलमा आत्मनिर्भर बनाउन प्रदेश सरकारले विशेष कार्यक्रम ल्याएको बताउनुभयो । बाजुरामा उत्पादित स्याउ भण्डारणका लागी प्रदेश सरकारले कोल्ड स्टोर निर्माण गर्ने योजना बनाएको पनि मन्त्री शाहले बताउनुभयो ।

मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रम अन्तरगत यस वर्ष पहिलो चरणमा बुधवार २० क्विन्टल स्याउ हवाई जहाज मार्फत नेपालगन्ज हुँदै धनगढी पुर्याइएको हो  । ‘जसले एक पटक खायो, उसले स्वाद थाहा पायो’ भन्ने नाराका साथ बाजुराका विभिन्न गाउँमा फलेको स्याउ अहिले धनगढी बजारमा बिक्री भइरहेको छ । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाका ५ वटै वडामा व्यवसायीक स्याउ खेती हुँदै आएको छ । गत वर्ष पनि बाजुराको स्याउ बिक्रीका लागी धनगढी काठमाडौं लागयतका ठाउँमा पुर्याइएको थियो ।