१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी ‘डिपोर्ट’ विमान अवतरण गर्न कोलम्बियाले दिएन, २५ प्रतिशत शुल्क लिने ट्रम्पको घोषणा



अ+ अ-

काठमाडौं । कोलम्बियाले आप्रवासीलाई देशनिकाला गरेर फिर्ता पठाइएका अमेरिकी विमानहरूलाई आफ्नो देशमा अवतरण गर्न नदिने भएको छ ।

अवैध आप्रवासी बोकेर गएका विमानलाई कोलम्बियाले अवतरण गर्न नदिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा प्रतिक्रिया आएको छ । ट्रम्पले कोलम्बियामाथि व्यापार र वित्तीय प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । आइतबार ट्रम्पले कोलम्बियामाथि नयाँ शुल्क र प्रतिबन्धहरू लगाउने घोषणा गरेका हुन् ।

अब अमेरिकाले कोलम्बियाली सामानहरूमाथि २५ प्रतिशत शुल्क लगाउने भएको छ । ट्रम्पले सामाजिक सञ्जालमार्फत घोषणा गर्दै अमेरिकाले कोलम्बियाबाट आउने सम्पूर्ण आयातमा तत्काल २५ प्रतिशत शुल्क लगाउने बताएका छन् । उनले एक हप्ताभित्र यसलाई ५० प्रतिशतसम्म पुर्‍याइने पनि बताएका छन् । लामो समयदेखि अमेरिका निकट रहेको ल्याटिन अमेरिकी देशमाथि यस्तो कदम चालिएको हो ।

ट्रम्प प्रशासनले कोलम्बियाविरुद्ध वित्तीय तथा बैंकिङ प्रतिबन्धहरू पनि पूर्ण रूपमा लागू गर्ने जनाएको छ । साथै, कोलम्बियाली सरकारी अधिकारीहरूको भिसा रद्द गर्ने र यात्रा प्रतिबन्ध लगाउने निर्णय गरिएको छ ।

कोलम्बियाका वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रोले पनि ट्रम्पको कदमको कडा विरोध जनाएका छन् । उनले अमेरिकी सामानहरूमाथि पनि २५ प्रतिशत प्रतिकारात्मक शुल्क लगाउने घोषणा गरेका छन् । अर्को सामाजिक सञ्जाल पोस्टमा उनले उक्त शुल्क ५० प्रतिशतसम्म पुर्‍याइने बताएका छन् ।

ट्रम्पले कोलम्बियाली आयातमा भारी शुल्क लगाउने कदम चालेपछि दुई देशबीचको व्यापारमा ठूलो असर पर्न सक्ने देखिएको छ । सन् २०२२ मा अमेरिका र कोलम्बियाबीचको व्यापार ५३ दशमलव ५ बिलियन डलर पुगेको थियो, जसमा अमेरिकाले ३ दशमलव ९ बिलियन डलर व्यापार लाभ लिएको थियो । कोलम्बियाबाट अमेरिकी बजारमा मुख्य रूपमा कच्चा तेल, कफी, फूलजस्ता उत्पादनहरू निर्यात गरिन्छ ।