२० मंसिर २०८२, शनिबार
,
Latest
विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको ७६औं गणतन्त्र दिवस, दूतावासले कसरी मनायो ? (फोटो फिचर)



अ+ अ-

काठमाडौं । काठमाडौँस्थित भारतीय राजदूतावासमा भारतको ७६ औँ गणतन्त्र दिवस मनाइएको छ ।

नेपालका लागि भारतीय राजदूतले भारतको राष्ट्रिय झन्डा झन्डोत्तोलन गरेसँगै गणतन्त्रको दिवसको अवसरमा आयोजित कार्यक्रमको शुभारम्भ भएको थियो । सो अवसरमा उहाँले नेपालमा रहेका भारतीय डायस्पोराका सदस्यहरूलाई पनि शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले राष्ट्रका नाममा गर्नुभएको सम्बोधन प्रसारण गरिएको थियो ।

राजदूतले भारतीय सशस्त्र बलका मृतक सैनिकका श्रीमती र निकटतम नातेदारलाई ५ करोड रुपैयाँ रकम वितरण गरी सम्मान गर्नुभयो ।

यसका साथै, भारतीय सशस्त्र बलका २१९ जना मृतक सदस्यका श्रीमती र निकटतम नातेदारलाई २३.२९ करोड रकम पनि वितरण गरिएको छ । यस भुक्तानीमा आर्मी ग्रुप इन्स्योरेन्स (एजीआई) कार्यक्रम अन्तर्गत वर्ष २०२४ का लागि डेथ–इन–सर्भिस, एक्सटेन्डेड इन्स्योरेन्स र एजीआई परिपक्वता भुक्तानी लगायतका लाभहरु समावेश छन् ।

राजदूतले नेपालमा बसोबास गरिरहनुभएका भूतपूर्व सैनिकहरूका लागि भारत सरकारको कल्याणकारी पहलहरू समावेश गरिएको भूपू–२०२५ पत्रिकाको पनि लोकार्पण गर्नुभयो ।

दूतावासले नेपालका ६ वटा प्रदेशमा फैलिएका २९ वटा शैक्षिक संस्थाहरूलाई नेरु. २३.५ लाख बराबरका पुस्तकहरू प्रदान गर्‍यो । यस पहलको उद्देश्य नै दुर्गम क्षेत्रमा रहेका विद्यार्थीका विशेष आवश्यकता र अनुरोध उपर प्रतिक्रिया जनाउँदै उनीहरूलाई शैक्षिक सामग्री प्रदान गर्नु हो ।

कार्यक्रममा गत कार्तिक २६ गतेदेखि मङ्सिर २६ गतेसम्म आयोजित भारत को जानिए (बीकेजे ) क्विजमा नेपालका शीर्ष ५० स्कोररहरुलाई ‘सर्टिफिकेट अफ अचिभमेन्ट’ प्रदान गरेर सम्मान गरियो। बीकेजे क्विजको उद्देश्य विदेशी नागरिक तथा विदेशमा बस्ने भारतीय समुदायको भारतबारे ज्ञान एवम् बुझाइलाई थप वृद्धि गर्ने रहेको छ । पुरस्कारको अंशको रूपमा, विश्वभरका क्विजका शीर्ष ३० विजेताहरूलाई यस महिनाको सुरुवातमा दुई हप्ते बीकेजे यात्राको लागि भारत आमन्त्रित गरिएको थियो। विजेताहरूमध्ये नेपालका श्री निखिल कुमार दास पनि थिए जसले भारतको यो विशेष यात्राको हिस्सा बन्ने मौका प्राप्त गरेका थिए ।

कार्यक्रममा विगतका वर्षहरूमा भारत–नेपाल सम्बन्धमा भएको प्रगतिबारे विस्तृत जानकारी भिडियोमार्फत प्रस्तुत गरिएको थियो ।
उक्त कार्यक्रममा काठमाडौँको दूतावासस्थित स्वामी विवेकनन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति पनि प्रस्तुत गरेका थिए ।