४ फाल्गुन २०८१, आईतवार
,
Latest
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने सरकारले तोकेको न्युनतम पारिश्रमिक र सेवा सुविधा दिनुपर्ने मागसहित निजामती अस्पतालका कर्मचारी आन्दोलित तथ्यपरक भएर आफ्ना विचार संप्रेषण गर्न सांसद ज्ञानबहादुर शाहीलाई राष्ट्रिय सभाको निर्देशन हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि प्रभु साहको प्रश्नमा प्रधानमन्त्री ओलीले दिएनन् जवाफ परराष्ट्रमन्त्री डा देउवा र युएइका मन्त्रीबीच भेटवार्ता, पोखरा‐दुबई उडानका लागि आग्रह छुवाछुतका विषय हेर्न विशेष प्रहरी डेस्क बनाउछु : गृहमन्त्री लेखक नदीहरूलाई पुनः जीवन्त बनाउने उद्देश्यले ५ ठाउँमा प्रशोधन केन्द्रहरुको निर्माण जारी छः प्रधानमन्त्री नेप्से परिसूचकमा १९ अङ्कको वृद्धि आगलागी र डढेलोबाट हुने सम्भावित जोखिमको विषयमा सरकार संवेदनशील छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाकुम्भबाट चर्चामा आएकी मोनालिसा, फिल्ममा अफरदेखि घर फिर्तासम्म



अ+ अ-

एजेन्सी । भारतको प्रयागराज महाकुम्भमा माला बेचेर चर्चामा आएकी मोनालिसा अब चलचित्रमा काम गर्ने भएकी छन् ।

साधुको त्यो महाकुम्भमा निलो आँखावाली मोनालिसा यति धेरै प्रिय भइन् कि फोटो खिचाउनेको भिडले उनले आफ्नो व्यापार छोडेर घर फर्कनुपर्यो । उनले दामभन्दा धेरै नाम कमाइन् ।

मोनालिसाले अब फिल्म निर्माता सनोज मिश्रको आगामी फिल्म ‘द डायरी अफ मणिपुर’ मा खेल्ने मौका पाएकी छिन् ।

यसमा उनी रिटायर्ड आर्मी अफिसरकी छोरीको भूमिकामा देखिनेछिन् । सुटिङअघि उनलाई मुम्बईमा तीन महिना अभिनयको तालिम दिइनेछ ।

मोनालिसालाई कपालको तेल कम्पनीबाट विज्ञापनको अफर आएको थियो तर फिल्मका कारण उनले त्यसलाई अस्वीकार गरिन् ।

हरेक दिन मोनालिसाको कुनै न कुनै भिडियो भाइरल भइरहन्छ । उनको पहिले पढाइ छाडेको भिडियो आयो, त्यसपछि भाइ पढाएको भिडियो ।

मोनालिसाको जीवनमा परिवर्तन ल्याउने भिडियो त्रिवेणी संगममा माला बेच्दै गरेको अवस्थामा खिचिएको थियो । त्यो भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि मानिसहरूले उनलाई मोनालिसासँग तुलना गर्न थाले ।

इन्दौर निवासी ‘मोनालिसा’ महाकुम्भ क्षेत्रमा पवित्र र शिवको प्रतीक रुद्राक्ष बेच्थिन् । मोनालिसाको आँखाको फरक रङका कारण उनको सुन्दरताको तारिफ भइरहेको छ भने गरिबीमा बिताएको बाल्यकाल र उनको दर्दनाक कथाले मानिसलाई स्तब्ध बनाएको छ ।

यसैबीच महाकुम्भमा बढ्दो अवरोधका कारण र आफ्नो परिवारको सुरक्षाको चिन्ताका कारण मोनालिसाले कुम्भलाई बिदाइ गरी मध्य प्रदेशको महेश्वरस्थित आफ्नो घर फर्कने निर्णय गरेकी छन् ।