२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू

महाकुम्भबाट चर्चामा आएकी मोनालिसा, फिल्ममा अफरदेखि घर फिर्तासम्म

महाकुम्भबाट चर्चामा आएकी मोनालिसा, फिल्ममा अफरदेखि घर फिर्तासम्म
अ अ+ अ-

एजेन्सी । भारतको प्रयागराज महाकुम्भमा माला बेचेर चर्चामा आएकी मोनालिसा अब चलचित्रमा काम गर्ने भएकी छन् ।

साधुको त्यो महाकुम्भमा निलो आँखावाली मोनालिसा यति धेरै प्रिय भइन् कि फोटो खिचाउनेको भिडले उनले आफ्नो व्यापार छोडेर घर फर्कनुपर्यो । उनले दामभन्दा धेरै नाम कमाइन् ।

मोनालिसाले अब फिल्म निर्माता सनोज मिश्रको आगामी फिल्म ‘द डायरी अफ मणिपुर’ मा खेल्ने मौका पाएकी छिन् ।

यसमा उनी रिटायर्ड आर्मी अफिसरकी छोरीको भूमिकामा देखिनेछिन् । सुटिङअघि उनलाई मुम्बईमा तीन महिना अभिनयको तालिम दिइनेछ ।

मोनालिसालाई कपालको तेल कम्पनीबाट विज्ञापनको अफर आएको थियो तर फिल्मका कारण उनले त्यसलाई अस्वीकार गरिन् ।

हरेक दिन मोनालिसाको कुनै न कुनै भिडियो भाइरल भइरहन्छ । उनको पहिले पढाइ छाडेको भिडियो आयो, त्यसपछि भाइ पढाएको भिडियो ।

मोनालिसाको जीवनमा परिवर्तन ल्याउने भिडियो त्रिवेणी संगममा माला बेच्दै गरेको अवस्थामा खिचिएको थियो । त्यो भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि मानिसहरूले उनलाई मोनालिसासँग तुलना गर्न थाले ।

इन्दौर निवासी ‘मोनालिसा’ महाकुम्भ क्षेत्रमा पवित्र र शिवको प्रतीक रुद्राक्ष बेच्थिन् । मोनालिसाको आँखाको फरक रङका कारण उनको सुन्दरताको तारिफ भइरहेको छ भने गरिबीमा बिताएको बाल्यकाल र उनको दर्दनाक कथाले मानिसलाई स्तब्ध बनाएको छ ।

यसैबीच महाकुम्भमा बढ्दो अवरोधका कारण र आफ्नो परिवारको सुरक्षाको चिन्ताका कारण मोनालिसाले कुम्भलाई बिदाइ गरी मध्य प्रदेशको महेश्वरस्थित आफ्नो घर फर्कने निर्णय गरेकी छन् ।