१ असार २०८३, सोमबार
,
Latest
सुस्तामा भारतीय सुरक्षाकर्मीको हस्तक्षेप र सरकारी उदासीनताप्रति सांसद काउचाको आपत्ति उपत्यका ट्राफिक प्रहरीद्वारा विशेष सडक सचेतना अभियान सुरु संसद्‌को रेकर्डबाट प्रधानमन्त्रीको विवादित अभिव्यक्ति हटाउन नेकपाको माग परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता हुँदै सुनको मूल्य तोलामा पाँच हजारले बढ्यो प्रहरी देख्दा नागरिकले सुरक्षा होइन, त्रास महसुस गरिरहेका छन्ः संसदमा राई प्रतिनिधिसभा बैठक सुरु, विनियोजन विधेयकमाथि छलफल हुँदै उर्जा क्षेत्रका समस्या समाधानका लागि सामूहिक दबाब आवश्यकः पूर्वअध्यक्ष आचार्य ऊर्जा उद्यमीका एजेण्डा कार्यान्वयनमा जोड दिन निःवर्तमान अध्यक्ष कार्कीको आग्रह इप्पान अध्यक्ष डाँगीद्वारा कार्यकालको कार्यदिशा सार्वजनिकः नीतिगत सुधारमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजसेवी सुवेदी जनसेवाश्री पदकबाट सम्मानित



अ+ अ-

चितवन । चितवनका स्थानीय समाजसेवी रामप्रसाद सुवेदी जनसेवाश्री पदकबाट विभूषित हुनुभएको छ । नेपाल सरकारले आज घोषणा गरेको पदक तथा विभूषणमा उहाँलाई जनसेवाश्री पञ्चम पदक प्रदान गरिएको हो ।

चितवनमा रहेर विभिन्न समाजसेवाका काममा संलग्न रही आउनुभएका उहाँ स्थानीय होटल र यातायात व्यवसायी हुनुहुन्छ । उहाँ होटल व्यवसायी महासंघका वरिष्ठ सल्लाहकार हुनुहुन्छ । उहाँका नारायणगढ बजारमा राम मिष्ठान्न भण्डार तथा श्रीराम पार्टी प्यालेस सञ्चालनमा छन् । गत पुसमा उहाँका होटलले नेपालकै उत्कृष्ट व्यवस्थापन पुरस्कार प्राप्त गरेको थियो ।  

उहाँ नेपाल यातायत व्यवसायी राष्ट्रिय महासंघमा विसं २०६४ देखि निरन्तर चौथो पटकसम्म केन्द्रीय वरिष्ठ उपाध्यक्ष रही आउनुभएको छ । यसअघि पनि उहाँले नेपाल सरकारबाट दुई ओटा समाजसेवा रत्न पदक र समाजसेवी पदक प्राप्त गरी राष्ट्रपतिबाट विभूषित भइसक्नुभएको छ । उहाँ ५४ औँ र ६४ औँ नेपाल प्रहरी दिवसका अवसरमा पनि स्थानीय वरिष्ठ समाजसेवीका रुपमा सम्मानित हुनुभएको थियो । 

विसं २०१६ मा बागलुङमा जन्मिएका रामप्रसाद सुवेदी चितवनका एक सफल व्यवसायी हुनुहुन्छ । उहाँ यहाँका विभिन्न सामाजिक संघसंस्थाहरुमा संलग्न रही यसका माध्यमबाट समाजसेवाका कार्य गर्दै आउनुभएको छ ।