२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वनहरामा पक्की पुल निर्माण अन्तिम चरणमा



अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ स्थित वनहरा नदीमा पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ । निर्माण कम्पनीले सम्झौताअनुसार रु २५ करोड ९६ लाख ३६ हजार तीन सय ४० लागतमा पुल निर्माण गरिरहेको छ । ठेक्का सम्झौता भएको दुई वर्षपछि मात्र निर्माण अगाडि बढाइएको छ ।

सम्झौताअनुसार तीन वर्षभित्र पुल निर्माण गरिसक्नुपर्ने भएकाले सोहीअनुरुप निर्माणकार्यलाई तीव्रताका साथ अगाडि बढाइएको निर्माण व्यवसायीको भनाइ छ । पुल निर्माणमा संलग्न इञ्जिनियर विकास श्रेष्ठका अनुसार पुलको पिलर ठड्याउने कामसँगै सबट्रक्चरको काम पूरा भएको छ ।

सुपर स्ट्रक्चर निर्माण अगाडि बढाइएको छ । नदी दुवैतर्फको तटन्ध निर्माण हुन बाँकी छ । ठेक्का सम्झौताअनुसार पुलको दायाँबायाँको क्षेत्रमा आठ सय २५ मिटर लम्बाइको तटबन्ध निर्माण हुने इञ्जिनियर श्रेष्ठले बताउनुभयो । पक्की पुल क्षेत्रमा तीन सय मिटर कालोपत्र हुने छ । पुलको लम्बाइ दुई सय ७५ मिटर रहेको छभने चौडाइ ११ मिटर छ ।

पुल निर्माणका लागि २०७८ साल फागुन ५ गते ठेक्का सम्झौता भएको थियो । पुल निर्माणकार्य २०८१ साल फागुन ४ गतेभित्र पूरा गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । नदीमा रहेको झोलुङ्गे पुल दुई वर्षअघि आएको बाढीले चुडालेर बगाएपछि स्थानीय बासिन्दा वर्षात्का बेला बाढी आएको नदी तर्न बाध्य छन् । हिउँमा स्थानीय विपद् समितिले निर्माण गरेको अस्थायी पुलमा सवारीसाधन गुडाएवापत शुःल्क तिर्दै आएका छन् । पुल निर्माण पूरा भएपछि नदीमा जोखिम मोलेर हिँड्नुपर्ने अवस्थाको अन्त्य हुने वडाध्यक्ष नवलसिंह राना बताउनुहुन्छ । रासस