२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय…
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाथीभरा क्षेत्रमा ‘नो केबलकार समूह’ र प्रहरीबिच झडप हुँदा २५ जना घाइते



फाईल फोटो
अ+ अ-

ताप्लेजुङ। जिल्लाको फुङलिङ नगरपालिका–११ मा रहेको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएको ‘नो केबलकार समूह’ र प्रहरीबिच भएको झडपमा २५ जना घाइते भएका छन् ।

शनिबार बेलुका करिब ६ बजे भएको झडपमा २५ जना घाइते भएका हुन् । स्थानीय प्रशासनको अनुसार प्रहरी इन्स्पेक्टर रोहित शर्मासहित १२ जना र सशस्त्र प्रहरीका ९ जना तथा नो केबलकार समूहका ४ जना घाइते भएका छन् ।

पाथीभरा जाने केबलकार निर्माणका लागि निर्माण कम्पनीले मंगलबारबाट काम सुरु गरेपछि तनाव सुरु भएको थियो । पाथीभरा क्षेत्रको पहिचान मासिने भन्दै ‘नो केबलकार’ समुहले आइतबारबाट थप आन्दोलन गर्ने तयारी गरेको थिए ।

सोहिक्रममा, शनिबार पाथिभरा क्षेत्रको बलुडाडामा प्रहरी पुगेपछि आन्दोलनकारीले ढुंगामुडा गर्दा दुई पक्षबिच झडप भएको थियो । त्यसक्रममा प्रहरीले १२ सेल अश्रुग्याँस र केही गोली हानेको थियो ।

प्रहरीको गोली लागेर आन्दोलनरत पक्षका यमबहादुर लिम्बू र धर्मान पालुङ्वा घाईते भएका छन् । यस्तै, एकजनाको भाग दौडको क्रममा खुट्टा भाचिएको छ । उनीहरुको नोबेल अस्पतालमा उपचार भइरहेको छ ।