१५ श्रावण २०८३, शुक्रबार
,
Latest
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रिय सभा अध्यक्षको अपिल सुकुम्बासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन दिदैनौ: शिक्षा मन्त्री रोखरेल प्रधानमन्त्री शाहद्वारा सुनसरीसहित प्रभावित क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउन योजनाबद्ध प्रयास भइरहेको दाबी मधेसमा उत्पन्न साम्प्रदायिक तनावको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न सांसद खालिदको माग भ्रष्टाचारका आरोप प्रमाणित गरेर देखाउन एमाले महासचिव पोखरेलको सरकारलाई चुनौती देवानगञ्ज गोलीकाण्डमा मृत्यु भएका दुई युवाका परिवारले शव बुझ्न मानेनन् रास्वपा पपुलिजम, अवसरवाद र अराजकताको जगमा उदाएको हो : शंकर पोखरेल मुलुकमा धार्मिक सहिष्णुता, सहअस्तित्व र सद्भाव बिग्रिँदै गएकोप्रति नेकपा सांसद अर्यालको चिन्ता सरकारले घृणा र विभाजनको राजनीतिलाई वैधता दिन खोजेको सांसद झाँक्रीको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेशसभाको हिउँदे अधिवेशनमा सञ्चार प्रतिष्ठान विधेयक पारित हुन्छः मुख्यमन्त्री कार्की



फाइल फोटो
अ+ अ-

मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सञ्चारकर्मीले स्वच्छ, मर्यादित भएर कलम चलाउनुपर्ने बताए।

प्रेस चौतारी नेपाल, मोरङ समितिको नवौँ अधिवेशनको आज विराटनगरमा उद्घाटन गर्दै उहाँले सत्यतथ्यका आधारमा समाज परिवर्तनका लागि समाचार सम्प्रेषण गर्न सुझाव दिए।

उनले प्रदेशसभाको हिउँदे अधिवेशनमा सञ्चार प्रतिष्ठान विधेयक पारित गरी कानुन बनाउने जानकारी दिँदै यसबाट यस क्षेत्रका सञ्चारकर्मीहरुको वृत्तिविकासमा ठूलो सहयोग पुग्ने विश्वास जनाएका छन्।

प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले समाजमा पछाडि परेका जनताको समाचार सम्प्रेषणमा प्राथमिकता दिन सञ्चारकर्मीहरुलाई आग्रह अरेका छन्। नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं मोरङ इन्चार्ज जीवन घिमिरे, पार्टीका मोरङ अध्यक्ष बाबुराम कार्कीले प्रविधिको प्रयोगमार्फत सञ्चारकर्मीहरु दक्ष हुनुपर्ने सुझाव दिए ।

सोही अवसरमा मुख्यमन्त्री कार्कीले शालिग्राम–मञ्जु दाहाल पत्रकारिता पुरस्कार अरुण खबरका प्रधान सम्पादक महेन्द्र विष्टलाई प्रदान गरेका छन् । मुख्यमन्त्री कार्कीले विष्टलाई नगद रु २१ हजारसहित सम्मान गरेका छन् । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।




भर्खरै