२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

देश बनाउने अभियानको अगुवाइ युवाहरूले गर्नुपर्छ : शंकर पोखरेल



अ+ अ-

काठमाडौँ। एमाले महासचिव शङ्कर पोखरेलले नयाँ पुस्तालाई राजनीतिमा जोड्न नसक्ने राजनीतिक दलले देशका लागि काम गर्न नसक्ने धारणा व्यक्त गरेका छन्।

राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा शनिबार यहाँ आयोजित राष्ट्रिय कार्यकर्ता भेलामा उनले एमाले युवामा भरोसा गर्ने र युवालाई अवसर दिने पार्टी भएको उल्लेख गर्दै पोखरेलले देश बनाउने अभियानको अगुवाइ युवाले गर्नुपर्ने बताए।

उनले भने, “नयाँ पुस्तालाई राजनीतिसँग जोड्न सकिँदैन भने त्यो राजनीतिक दलको भविष्य लामो हुन सक्दैन। युवाहरुलाई साथमा लिएर हिँड्न सक्नुपर्छ। अबको युग युवाको युग हो, युवाको साथमा एमाले छ।”

महासचिव पोखरेलले लोकतान्त्रिक शासन व्यवस्थामा जनताले पत्याएका दलले शासन गर्नुपर्ने र ती दलले शासन स्वभाविक भएको बताए। उनले भन्नुभयो, “धेरैलाई दुई ठूला दल मिल्ने कुरा अप्राकृतिक भयो भन्ने लागिरहेको छ। जुन गलत हो, जनताले अस्वीकार गरेका दलहरू शीर्षस्थानमा रहने कुरा अप्राकृतिक हो।”

उनले कांग्रेस–एमाले सधैँभरिका लागि नमिलेका पनि उनले स्पष्ट पारे। जनताका बीचमा जाने बेलामा एमाले र कांग्रेसले एकापसमा गठबन्धन नगर्ने समेत उल्लेख गरे। देश बनाउनका लागि धेरै राजनीतिक दल होइन ठूला र बलिया राजनीतिक दल आवश्यक रहेको उनको भनाइ थियो। “ठूला र जनमतप्राप्त दलले मात्र मुलुकमा विकास र समृद्धिका लागि काम गर्न सक्छन्”, उनले भने, “देशलाई विकास र समृद्धिको बाटोमा लैजान जनमतप्राप्त राजनीतिक दल, स्पष्ट राजनीतिक दृष्टिकोण र दूरदर्शी नेतृत्व चाहिन्छ”, पोखरेलले बताए।

एमाले पार्टीको नीति एमालेको मात्रै नभएको उल्लेख गर्दै उनले भने “एमालेको नीति मुलुकको नीति बन्नुपर्छ। एमालेको ‘मिसन–८४’ एमालेको एकल बहुमतको सरकारका लागि हो।” त्यसअवसरमा युवा सङ्घको पूर्वअध्यक्ष महेश बस्नेतले युवा सङ्घ बौद्धिक मात्र नभई प्रतिरोधी सङ्गठन रहेकाले राज्यलाई सचेत बनाउनमा पनि सक्रिय रहने बताए।

उनले भने, “सङ्घले उठाएका मुद्दाहरु राष्ट्रिय ‘एजेन्डा’ बन्छन्। सामाजिक न्यायमा योगदान दिन, सिर्जनशील र रचनात्मक बाटोमा सङ्घ लाग्नुपर्छ।” उनले आफूहरु सदैव स्वतन्त्र प्रेसको पक्षमा रहेको उल्लेख गर्दै सत्य सूचना जनतामा पुग्नुपर्ने र व्यक्तिको चरित्र हत्या हुने गरेर अप्रमाणित विषयवस्तुबारे मिडियालाई बोल्ने छुट नभएको बताए।

युवा सङ्घका अध्यक्ष क्षितिज थेबेले युवाहरुलाई नीति निर्माणमा सहभागी गराउँदै रोजगारी सृजना, आत्मनिर्भर र उद्यमशीलताका योजनालाई अघि सार्न भेलाको आयोजना गरिएको बताए।

सङ्गठनका इन्चार्ज राजीव पहाडी यो भेलाले नेपाली युवा आन्दोलनलाई सकारात्मक दिशामा अगाडि बढाउनका निम्ति मार्गदर्शन दिने बताए। उनले भने, “युवा सङ्घले उठाउँदै आएका मुद्दा र आन्दोलनको विषय जायज छन्। सामाजिक सञ्जालमा गलत क्रियाकलाप र नकारात्मक कुराको भण्डाफोर गर्दै सकारात्मक सन्देश प्रवाह गर्न म युवाहरुलाई आग्रह गर्छु।”

त्यसअवसरमा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्यापएका तीन जनालाई सम्मान पनि गरिएको थियो। जसमा क्रिकेटमा योगदान पुर्‍याउने पारस खड्का, पारा ओलम्पियन पलेशा गोवद्र्धन र सञ्चारक्षेत्रमा योगदान पुर्या उने असगर अलीलाई सम्मान गरिएको थियो। रासस




भर्खरै