काठमाडौं ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । तत्कालीन नेकपा माओवादीको पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बिहान ११ बजे बैठक बस्ने लागेको हो ।
गत भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकले गरेका निर्णयहरुलाई कार्यान्वयनमा लैजानका लागि बैठक बस्न लागेको हो । पार्टीका बैठकहरु प्राय प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारमा हुदै आएको भएपनि पहिलो पटक पेरिस डाँडामा रहेको कार्यलयमा बैठक बस्न लागेको हो ।
आजको बैठकमा सरकार, पार्टी संगठन, पार्टीको महाधिवेशन, सीमा विवाद, मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमससी) अध्यक्षद्वयको कार्यविभाजन लगायतका विषयमा छलफल हुने जनाईएको छ ।