४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’

बागलुङलाई झोलुङ्गे पुलबाट अब विश्वले चिन्न सक्छ

बागलुङलाई झोलुङ्गे पुलबाट अब विश्वले चिन्न सक्छ
अ+ अ-

बागलुङ । बागलुङ जिल्ला केही उपनामले परिचित छ । झुलुङ्गे पुलको जिल्ला, नेपाल भित्रको नेपाल र बुट्टेनलीमा प्रख्यात आदि । बागलुङका नदी, खोला मात्र होइन खोल्साखोल्सीमा पनि धेरै झुलुङ्गे पुल छन् । यसकारण यस जिल्लालाई झोलुङ्गे पुलको जिल्लाका उपनामले पनि चिनिन्छ  बागलुङ जिल्लामा हाल सम्म ४१४ झुलुङ्गे पुल छन् भने अझै ३१ ओटा पुल निर्माणको चरणमा रहेको बागलुङमा झोलुङ्गे पुलको तथ्याङ्क तथा मर्मत सम्भार गर्दै आइरहेको बिवाइसी बागलुङका झुलुङ्गे पुल कार्यक्रम संयोजक प्रेम केसीले जानकारी दिनुभयो ।  

तर पछिल्लो समय ठूला नदी र खाँेचमा समेत झुलुङ्गे पुल निर्माणले गति लिएसँगै बागलुङ झुलुङ्गे पुल मात्र होइन लामा र अग्ला पुलहरुको जिल्लाका रुपमा समेत परिचित हुन थालेको छ । बागलुङ र पर्वत जिल्लाको बीच भएर बगेको कालीगण्डकी नदीमाथि हाल यी दुई जिल्लालाई जोड्ने गरी धमाधम लामा पुल निर्माण भएरहेका छन् । बागलुङ नगरपालिका–१ रामरेखाको बाङ्गेचौरदेखि पर्वत जिल्लाको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने हालैमात्र सञ्चालनमा ल्याइएको पुल विश्वकै लामो भएको दाबी गरिएको छ । उक्त पुललाई बगालुङ नगरपालिकाले विश्वकै लामो भएको भन्दै विश्व रेकर्ड कायम गर्नका लागि गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा दर्ता प्रक्रिया समेत थालेको जनाएको छ । गत महिनाबाट पुल सञ्चालनमा आएको छ र नगरपालिकालाई हस्तान्तरण भएपछि नगरपालिकाले त्यस कार्यलाई अगाडि बढाउनेगरी तयारी गरेको हो ।

विश्वकै लामो दाबी गरिएको पुलको तथ्य प्रमाणहरु भने जुट्न बाँकी नै छ । उक्त पुल साउन १६ गते शुक्रबारबाट सर्वसाधरणका लागि खुला गरिएको छ । रामरेखा अदुवाबारी झुलुङ्गे पुल मात्र होइन बागलुङ र पर्वत जिल्ला जोड्ने गरी धेरै झुलुङ्गे पुल निर्माण भएका छन् । कालीगण्डकीको खोचमा निर्माण भएका पुल अग्ला र लामा हुने गरेका छन् । रामरेखा अदुवाबारी पुल विश्व रेकर्ड कायम गर्न सकेमा बागलुङ जिल्ला झुलुङ्गे पुलको जिल्ला भनेर विश्वले चिन्नेछन् । 

उक्त पुलको लम्बाई ५६७ मिटर र १३८ मिटर चौडाइ रहेको सस्पेन्सन् बृज डिभिजन कार्यालय काठमाडौँले जानकारी दिएको छ । कार्यालयका सिनियर इन्जिनियर हुमाकान्त मिश्रका अनुसार कार्यालयमा विश्वभरको तथ्याङ्क वेवसाइटमा हेर्दा हालसम्म स्विट्जरल्याण्डमा खुला प्रकृतिको झुलुङ्गे पुल जम्मा ४९४ मिटर लामो मात्रै बनेको रेकर्ड भएका कारण यो नै विश्वको लामो झोलुङ्गे पुल हुनसक्ने अनुमान रहेको छ । यद्यपि, विश्व रेकर्डमा हालसम्म यस्तो प्रकृतिको पुल कति लामो छ भन्ने जानकारी भने उपलब्ध छैन । “हामीले पुलको डिजाइन गर्दा विश्वकै लामो भनेर गरेका होइनौँ, नेपालकै लामो भनिएको थियो” मिश्रले भन्नुभयो “निर्माणपछि देश विदेशमा चर्चा कमाउन थालेपछि खुला प्राकृतिमा यो पुल विश्वकै लामो हुन सक्नेछ, भन्ने मात्रै हो केही समयमा  यसको टुङ्गो लाग्नेछ ।”

तर विश्वमा पछिल्लो समय अन्य लामा झुलुङ्गे पुल थपिएका भएपनि योभन्दा लामो पुल बनेको हालसम्म उल्लेख भएको छैन । पुललाई विश्व रेकर्ड कायम राख्नका लागि संसारमा खुला प्रकृतिमा निर्माण भएका झुलुङ्गे पुलको तथ्याङ्क अध्ययन पश्चात बागलुङ पर्वत जोड्ने पुल लामो ठहरिन आवश्यक भएको उहाँको भनाई रहेको छ । 

पुल निर्माणको प्रमुख समन्वयकर्ता बागलुङ नगरपालिकाले भने पुल विश्वकै लामो हुनसक्ने भन्दै विश्व रेकर्डका लागि आवश्यक प्रक्रियाका लागि सम्बन्धित क्षेत्रमा पत्राचार तथा समन्वय गरिरहेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । 

“पुल शुरुमा नेपालकै लामो भनिएपनि निर्माण भइसक्दा कसैले एसियाकै त कसैले विश्वकै लामो भएको जानकारी दिएका छन्” नगरप्रमुख पौडेलले भन्नुभयो “यदि पुल विश्वकै लामो भएमा गिनिज बुकमा नाम लेखाउने गरी आवश्यक प्रमाण जुटाउनका लागि सस्पेन्सन बृज डिभिजन कार्यालयलगायत सम्बन्धित निकायलाई अग्रह गरेका छौँ ।” विश्व रेकर्डमा राख्नका लागि उसले पनि अध्यनन गर्नुपर्ने र हामीले मात्रै भनेर नहुने भएकाले विश्व रेकर्डका लागि वेवसाइटमा फर्म भर्ने काम भए पनि पुल हाम्रो स्वामित्वमा नआइसेकेका कारण केही ढिला भएको पौडेलको भनाई छ । उहाँले पुल हस्तानतरण भएपछि तत्कालै रेकर्ड कायम गर्नका लागि प्रक्रिया अगाडि बढ्ने छ । 

विसं २०७५ चैतदेखि शुरु भएको उक्त पुल निर्माण कार्य २०७७ साल असार मसान्तमा सम्पन्न गर्ने ठेक्का सम्झौता भए पनि तीन महिना अगावै पुल निर्माण सम्पन्न भएको थियो । तर कोरोना भाइरसको महामारीका कारण गत साउनमा मात्र सञ्चालनमा ल्याइएको हो । 

बागलुङ र पर्वत जोड्ने गरी वलेवाको कैया–कुस्मा जोड्ने ३४७ मिटर लामो र १५९ मिटर उचाईको पुल, कुस्मा वलेवा यन्त्रिक पुल र कुस्मा वलेवा नै विश्वकै दोस्रो अग्लो बन्जी जम निर्माण भएको छ । कुस्मा कैया जोड्ने पुललाई हालसम्मकै अग्लो पुलका रुपमा समेत व्यख्या गरिदै आएको छ । त्यसपछि पुन बागलुङ र पर्वत जोड्ने लामो पुल निर्माण हुनुले जिल्लामा झोलुङ्गे पुलसम्बन्धी एकपछि अर्को पहिचान बन्दै छ ।  

पुल सञ्चालनमा आएपछि दुई जिल्लाका मात्रै नभएर बागलुङ र पर्वत हुँदै म्याग्दी, मुस्ताङ जाने पर्यटकहरुलाई समेत यस पुलले आकर्षित गर्नेछ ।

ठेक्का सम्झौताभन्दा तीन महिना अघिनै पुल निर्माण कार्य सकिएको पुल कोरोना भाइरसका कारण पछाडि धकेलिएको हो । पुल हस्तान्तरण नहुदा तीन महिनादेखि पुलको रेखदेख मात्रै गरेर राखेको पुल निर्माणको जिम्मा पाएको थानी÷बिएलटी÷हिमशिखर कन्ट्रक्सनका आधिकारीक प्रतिनिध नरहरि खड्काले जानकारी दिनुभयो । खड्काका अनुसार झोलुङ्गे खुल्ला प्रकृतिमा ५७६ मिटर लामो पुल निर्माण नेपालमै पहिलो पटक निर्माण गरिएको हो । यो पुल विश्वकै लामो भएको बागलुङ नगरपालिकाले दाबी गर्दै आएको छ । 

शुरुमा एशियाकै लामो रहेको भने पनि सस्पेन्सन बृज डिभिजन कार्यालयको रेकर्डमा खुल्ला प्रकृतिको झोलुङ्गे पुल अध्ययनका क्रममा विश्वभर ४९४ मिटरभन्दा बढी हालसम्म निर्माण नभएको पाइएको हुँदा सम्भवत विश्वकै लामो हुनसक्ने अनुमान छ । विसं २०७६ फागुनमै सक्ने भनिएको पुल दुई वटा राजमार्ग माथिबाट लठ्ठा तान्दा समय लागेको थियो । निर्माण कम्पनीले पर्वत र बागलुङ तर्फका दुवै राजमार्गमा रोकावट नहुने गरी चिनियाँ प्रविधिको औजारले लठ्ठा तानेको थियो । 

पुलले दुई जिल्लाको आर्थिक गतिविधिलाई चलायमान गराउन पर्वत र बागलुङ जोड्ने गरी पछिल्लो समय निर्माण भएका झुलुङ्गे पुल, यन्त्रिक तथा बन्जी जमले ठूलो योगदान पु¥याउने पर्वत जिल्लाका कुस्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले बताउनुभयो । “पर्वत र बागलुङ जिल्लाको नजिकको सम्बन्ध छ । सदरमुकाम जोडिएका कारण पनि प्रशासनिक बाहेक हाटबजारका लागि पर्वतको केही भागका जनता बागलुङमा निर्भर हुने र बागलुङको दक्षिण भेगका जनता पर्वत निर्भर हुने अवस्था छ” जोशीले भन्नुभयो “अब दुई जिल्लाको आर्थिक विकास बाहेक राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमै पुल तथा बन्जी जमले चर्चा पाएको छ, यसले पर्यटनको विकासमा बागलुङ र पर्वतमा ठूलो फड्को मार्ने देखिएको छ ।” यस्तै बागलुङ र पर्वत जोड्ने गरी बागलुङ नगरपालिका–४ गौरीधाम मन्दिरदेखि पर्वत जिल्लाको नाङ्लीबाङ जोड्ने पुल समेत स्वीकृत भइसकेको छ । 

बागलुङमा पछिल्लो समयमा पहाडी भेगका खोच तथा नदीहरुमा पनि लामा झोलुङ्गे पुल निर्माणले तिब्रता पाउदै आएपछि एकपछि अर्को रेकर्ड कायम हुन थालेको हो । पछिल्लो लामो भनिएको यस पुलको एक साथ ६१२ जना अर्थात ८५ मेट्रिक टन क्षमता रहेको छ । कम्तीमा पनि एक घण्टाको पैदल यात्राबाट मात्र पुग्न सकिने पाङ अब पुल बनेपछि १० मिनेटमै पुग्न सकिनेछ । विसं २०५९ सालदेखि पुल निर्माण गर्न सम्भाव्यता अध्ययन थालिएको भएपनि लठ्ठा तान्न नसक्ने भन्दै काम शुरु हुन सकेको थिएन ।

नेपालमा लठ्ठा तान्ने औजार चीनबाट खरिद गर्न अर्थमन्त्रालयले स्वीकृति दिएर रु। ४० लाखमा खरिद गरेपछि लामो पुलले सार्थकता पाएको हो ।  सस्पेन्सन वृज डिभिजन कार्यालयले ४ सय मिटर भन्दा लामो पुल निर्माण गर्दा अब देखि यही औजारको सहायता लिनेछ । अहिले सम्म नेपालमा ७ हजार ५ सय बढी झोलुङ्गे पुल छन् । शुरुमा रु।१२ करोड २२ लाख लागत अनुमान गरिए पनि लठ्ठा र लठ्ठा तान्ने मेसिन मन्त्रालयले उपलब्ध गराउने भएपछि रु।६ करोड ९१ लाखमा सम्झौता भएको थियो ।

लामो पुलका केही रोचक पक्षहरु पनि छन्  । अन्य झोलुङ्गे पुलको तुलानामा विश्वकै लामो दाबी गरिँदै आएको नवनिर्मित बागलुङको बाङ्गेचौर देखि पर्वतको अदुवाबारी जोड्ने गरी कालिगण्डकी नदिमाथि निर्माण भएको ५६७ मिटर लामो पुल केही फरक छ । यस पुलबाट देखिने दृश्य तथा पुलमा जडान गरिएको सोलार बत्ती निकै आर्कषक रहेको छ । पुल कालिगण्डकी नदीमाथि निर्माण भएपनि पुल मुनि दुईवटा राष्ट्रिय राजमार्ग पर्दछन् । पुलको बागलुङ खण्डमा बागलुङ–पोखरा मध्यपहाडी लोकमार्ग र पर्वत खण्डमा भारतबाट आएको कालीगण्डकी करिडोर सडक पर्दछ जुन प्रसिद्ध पर्यटकीयस्थल मुस्ताङ हुँदै चीनको कोरोला नाका पुग्ने सडक हो । यस्तै पुलको बीच भागबाट धौलागिरि हिमाल देख्न सकिन्छ । खोचमा निर्माण हुने पुल भएकाले झोलुङ्गे पुलबाट हिमाली दृश्य कमैमात्र देखिएको पाइए पनि लामो पुलबाट धौलागिरि हिमाल देख्न सकिने पुल अवलोकन गर्नु त्यहाँ पुगेका दीपक शर्माले जानकारी दिनुभयो । यस्तै पुलमा सौर्य उर्जा समेत जडान गरिएकाले रातको समयमा पनि पुल निकै आर्कषक देख्न सकिन्छ ।