३० श्रावण २०८३, शनिबार
,
Latest
काँग्रेसलाई जीवन्त राख्न गुटबन्दी र नातावाद अन्त्य हुनुपर्छः नेता चौधरी ललितपुर महानगरद्धारा पुनर्निर्माण गरिएको सप्तपाताल पोखरीको उद्घाटन लहानमा तत्काल ट्रमा युनिट सञ्चालन गरिनेः स्वास्थ्यमन्त्री निशा मेहता पोखरामा ६ करोडका सुविधासम्पन्न लक्जरियस बस भित्रिए, बसभित्रै चिया–कफी र शौचालयको सुविधा पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता यातायात व्यवस्था कार्यालयद्वारा ५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै निष्कर्षमा पुग्ने विश्वास रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु यसरी धराशायी बनाइयो उदयपुर सिमेन्ट उद्योग नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुवामा डुबेर वृद्धाको मृत्यु



अ+ अ-

गोरखा । कुवामा डुबेर एक जनाको मृत्यु भएको छ ।

पालुङटार नगरपालिका–६, ठूलाचौर घर भएकी ६७ वर्षीया कृष्णामाया कामीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

करिब पाँच फिट गहिरो कुँवामा मृतावस्थामा कामीको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटना बिहीबार भएको प्रहरीको भनाइ छ । घटनापछि मृतकको शव उद्धार गरी परीक्षणपछि अन्त्येष्टिका लागि परिवारलाई बुझाइएको उहाँले बताउनुभयो । परिवारका सदस्यले मृतक मानसिक रोगी भएको जानकारी प्रहरी निरीक्षक शर्माले दिनुभयो । रासस