२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठगी सम्बन्धी कसुरका फरार प्रतिवादी पक्राउ



अ+ अ-

काठमाडौं। ठगी सम्बन्धी कसुरका फरार प्रतिवादी नुवाकोट ककनी गाउँपालिका-२ घर भएका ३५ वर्षीय कुशल ठकुरी भन्ने दिनेश घिमिरेलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौंबाट उक्त कसुरमा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनसुन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं ठमेलबाट पक्राउ गरेको हो ।

घिमिरेले विभिन्न व्यक्तिहरूलाई त्रिभुवन विमानस्थलको भन्सार कार्यालयमा आएको सुनहरू, मोबाइलहरू र भन्सारले लिलाम गर्ने गाडीहरू सस्तोमा दिलाईदिने भनि आफ्नो तथा आफुले भनेका बैंक एकाउण्टहरु तथा आफ्नै खल्ती एप्समा रकम जम्मा गर्न लगाई ठगी गरी फरार रहेको घटनामा जिल्ला अदालत काठमाडौंबाट गत असोज २० गते पक्राउ पुर्जी जारी भएको थियो ।

उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।