३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठगी सम्बन्धी कसुरका फरार प्रतिवादी पक्राउ



अ+ अ-

काठमाडौं। ठगी सम्बन्धी कसुरका फरार प्रतिवादी नुवाकोट ककनी गाउँपालिका-२ घर भएका ३५ वर्षीय कुशल ठकुरी भन्ने दिनेश घिमिरेलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौंबाट उक्त कसुरमा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनसुन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं ठमेलबाट पक्राउ गरेको हो ।

घिमिरेले विभिन्न व्यक्तिहरूलाई त्रिभुवन विमानस्थलको भन्सार कार्यालयमा आएको सुनहरू, मोबाइलहरू र भन्सारले लिलाम गर्ने गाडीहरू सस्तोमा दिलाईदिने भनि आफ्नो तथा आफुले भनेका बैंक एकाउण्टहरु तथा आफ्नै खल्ती एप्समा रकम जम्मा गर्न लगाई ठगी गरी फरार रहेको घटनामा जिल्ला अदालत काठमाडौंबाट गत असोज २० गते पक्राउ पुर्जी जारी भएको थियो ।

उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।