२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कलेज जाँदै गरेकी किशोरीमाथि बलात्कार, एकजना पक्राउ



अ+ अ-

सप्तरी। कलेज जाँदै गरेकी १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ ।

जिल्लाको विष्णुपुर गाउँपालिका–१ घर भएका १९ वर्षीय युवकलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको हो । ९ माघको बिहान पौने ६ बजेको समयमा विष्णुपुर गाउँपालिका–७ क्याम्पस जान लागेकी १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ती युवालाई पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी जितेन्द्र कुमारले बस्नेतले जानकारी दिए ।

कक्षा ११ मा पढ्ने किशोरीकै जाहेरीका आधारमा आरोपी अकलेश कुमारलाई प्रहरीले पक्राउ गरेको हो। आरोपित अकलेशलाइ बिहीबार सप्तरी जिल्ला अदालतबाट १० दिनको अनुमति लिएर थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।