२३ जेष्ठ २०८३, शनिबार
,
Latest
राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी वकिलको बहस सकियो, रविका वकिलको बाँकी



अ+ अ-

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा आजको बहस सकिएको छ ।

बिहीबार रुपन्देही जिल्ला अदालतमा लामिछाने विरुद्धको थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिएको हो ।

पीडित पक्षको दुई वकिलको बहस र रविका तर्फबाट भोलि बहस हुने रुपन्देही जिल्ला अदालतका श्रेस्तादार गोविन्द ज्ञवालीले जानकारी दिनुभयो । उहाँले रविलाई भोलि अदालतमा उपस्थित हुने गरी परिवारको जिम्मा लगाइएको जानकारी गराउनु भयो ।

आज सरकारी वकिलको तर्फबाट जिल्ला सरकारी वकिलका प्रमुख प्रेमराज पौडेल, गोकर्ण घिमिरे, पवित्रा भण्डारी, वसन्त पोखरेल र सुनिल लामिछानेले बहस गरेका थिए । यस्तै, उच्च सरकारी वकिल कार्यालय बुटवलका तर्फबाट सोमकान्त भण्डारी, प्रकाश मरासिनी र रवि न्यौपाने बहस गरेका थिए ।

माघ ६ गते जिल्ला अदालत रुपन्देहीमा लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधको मुद्दा दर्ता भएको थियो । सुप्रिम सहकारीको बचत ठगी प्रकरणमा सुरुमा ४२ जना विरुद्ध मुद्दा परेको थियो ।