११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय ट्रक यातायात व्यवसायी महासंघद्वारा बाढीमा सम्पर्कविहीन ट्रक र चालकको विवरण माग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग विपद् व्यवस्थापनमा साझा संयन्त्र र प्रभावकारी पूर्वसूचना प्रणालीमा जोड चीन कठिन समयमा नेपालसँगै छ : राजदूत चाङ माओमिङ विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देही जिल्ला अदालतले रविलाई निकिता र कानून व्यवसायीको जिम्मामा लगायो



अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले भोलि बिहीबार उपस्थित हुने सर्तसहित हाजिरी जमानीमा छाडेको छ ।

रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले बिहीबार बिहान अदालतमा उपस्थित हुनेगरी लामिछानेलाई उनकी श्रीमती निकिता पौडेल लामिछाने र कानुन व्यवसायीलाई जिम्मा लगाउने आदेश गरेको हो ।

बुटवलको सुप्रिम सहकारीको रकम ठगीको आरोपमा दायर भएको मुद्दामा बयान दिन लामिछाने बिहीबार अदालत उपस्थित भएका थिए । आज उनको बयान सकिएको छ । भोलिबाट उनको थुनछेक बहस सुरु हुनेछ ।

सुप्रिम सहकारी ठगीसम्बन्धी अभियोगको प्रतिवाद गर्न बुधबार आफै अदालतमा हाजिर भएका लामिछानेलाई जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा दिनभर बयान लिइएको थियो ।

लमिछानेको मागअनुसार इजलासले बिहान १० बजे अदालतमा उपस्थित हुने शर्तमा हिरासत बस्नु नपर्ने गरी बाहिरै बस्ने सुविधा दिएको हो । गएको आइतबार लामिछानेसहित २२ जनालाई प्रतिवादी बनाएर सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतमा पूरक अभियोगपत्र दर्ता गरिएको थियो । पूरक अभियोगमा ५५ करोड ५९ लाख ८३ हजार ८४२ रुपैयाँ बिगो कायम गरिएको छ ।




भर्खरै