२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

होबार्ट हरिकेन्स ७ वर्षपछि बीबीएलको फाइनलमा



अ+ अ-

काठमाडौँ । होबार्ट हरिकेन्स बिग ब्यास लिग (बीबीएल)को १४ औं सिजनको फाइनलमा पुग्ने पहिलो टोली बनेको छ । टोलीले ७ वर्षपछि फाइनलमा स्थान बनाएको हो ।

मंगलबार भएको छनोट खेलमा होबार्टले तीन पटकको च्याम्पियन सिड्नी सिक्सर्सलाई १२ रनले पराजित गरेको थियो । पावरप्लेमा २ विकेट लिने फास्ट बलर रिले मेरिडिथ प्लेयर अफ दि म्याच भए ।

होबार्टमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले ७ विकेट गुमाएर १७३ रन बनाएको थियो । सुरुआती विकेट गुमाएपछि सिड्नीले पुनरागमन गरे पनि टोलीले ५ विकेट गुमाएर १६१ रन मात्रै बनाउन सक्यो । हरिकेन्सले अब फाइनल जनवरी २७ मा होबार्टमा खेल्नेछ ।

बेलेरिभ ओभलमा सिड्नीले टस जितेर बलिङ रोजेको थियो । होबार्टले ओपनर मिचेल ओवेन र कालेब जेवेलबाट द्रुत सुरुवात पायो । दुवैले ४ ओभरमा ४७ रनको साझेदारी गरे । ओभेल ३६ रन बनाएर आउट भए, उनीपछि म्याथ्यु वेड पनि ४ रन बनाएर प्याभिलियन फर्किए ।

त्यसपछि बेन म्याकडर्मोटले कालेव जेवेलसँग तेस्रो विकेटका लागि ५० रनको साझेदारी गरे । जेवेल ४० रन बनाएर आउट भए । अन्त्यमा म्याकडर्मोटले ४२, टिम डेभिडले २५ र निखिल चौधरीले १४ रन बनाएर स्कोर १७३ रनमा पुर्याएका थिए ।

सिड्नीका बेन द्वारस र जाफर चौहानले २–२ विकेट लिए । ज्याक एडवर्ड्स र मिचेल पेरीले १–१ विकेट लिए ।

१७४ रनको लक्ष्य पछ्याउने क्रममा सिड्नी सिक्सर्सको सुरुवात खराब रह्यो । टोलीले मात्र ५ रनमा ३ विकेट गुमाएको थियो । कप्तान मोइसेज हेनरिकेसले १ रन मात्र बनाउन सके भने जोस फिलिप र ज्याक एडवर्ड्सले खाता पनि खोल्न सकेनन् । पावरप्लेमा होबार्टका मेरिडिथले २ र क्यामरुन गाननले १ विकेट लिए ।

५ विकेटको प्रारम्भिक पतन पछि, ओपनर कर्टिस प्याटरसनले जोर्डन सिल्कसँग इनिङ्स सम्हाले । प्याटरसन ४८ रन बनाएर आउट हुँदा दुवैले ७५ रनको साझेदारी गरेका थिए । त्यसपछि सिल्कले लाचलन शसँग ६४ रनको साझेदारी गरे । सिल्क ५७ रन बनाएर आउट भए ।

लाचलन र बेन द्वारसिसले अन्ततः टोलीलाई जित दिलाउन प्रयास गरे, तर लक्ष्य धेरै ठूलो साबित भयो । द्वारसिसले १६ रन बनाएर नटआउट रहे भने लाचलनले ३३ रनमा नटआउट रहे पनि टोलीले ५ विकेट गुमाएर १६१ रन मात्रै बनाउन सक्यो । होबार्टका मेरिडिथ र ग्याननले २–२ विकेट लिए । एउटा सफलता कप्तान नाथन एलिसलाई गयो ।

क्वालिफायर जितेर होबार्टले घरेलु मैदानमा फाइनल खेल्ने पक्का गरेको छ । टोलीले अब उपाधिका लागि जनवरी २७ मा खेल्नेछ । सिड्नी टोलीले च्यालेन्जरमा नकआउट जित्ने टोलीसँग जनवरी २४ मा आफ्नै घरेलु मैदानमा सामना गर्नेछ । नकआउटमा मेलबर्न स्टार्सले सिड्नी थन्डरको सामना गर्दैछ ।