२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिल्ला अदालत रुपन्देहीमा हाजिर भए रवि



अ+ अ-

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने जिल्ला अदालत रुपन्देहीमा हाजिर भएका छन् ।

बुधवार कार्यालय खुलेलगत्तै लामिछाने हाजिर भएका अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले बताए ।

बुटवलको सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको कसुरमा आइतबार रविविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो । उक्त मुद्दामा रविविरुद्ध ४ करोडभन्दा धेरैको बिगो कायम गरिएको छ ।सोही मुद्दाका लागि उनी हिजै भैरहवा पुगेका थिए ।

सुप्रिमको बचत अपचलन कसुरमा जिल्ला अदालत रुपन्देहीमा हालसम्म ४२ जनाविरुद्ध मुद्दा दर्ता भइसकेको छ। प्रतिवादी ४२ जनाबाट सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा एक अर्ब ४३ करोड ८६ लाख २ हजार एक सय ३५ रुपैयाँ बिगो मागदाबीसहित अभियोग लगिएको हो ।