९ माघ २०८१, बुधबार
,
Latest
च्याम्पियन्स लिगमा लिभरपुलको लगातार सातौं जित महिला यू–१९ विश्वकप क्रिकेट : नेपालले आज अस्ट्रेलियाको सामना गर्ने नौ गोलको ‘थ्रिलिङ म्याच’मा रोमाञ्चक जित निकाल्दै बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ मा रवि लामिछाने सुप्रिम सहकारी ठगी मुद्दामा आज रुपन्देही अदालतमा उपस्थित हुने पर्यटकीय गाउँ लेसपारमा एक घर एक धारा विस्तार आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर पेरिस सम्झौताबाट बाहिरिने राष्ट्रपति ट्रम्पको घोषणाले जलवायु वित्त कार्यान्वयनमा चुनौती आगामी भदौ २०,२१ र २२ मा विधान महाधिवेशन गर्ने एमालेको निर्णय कालिका नगर अस्पताललाई आवश्यक सहयोग हुन्छ : स्वास्थ्यमन्त्री पौडेल अनाधिकृत फिजियोथेरापी सेवा रोक्न फिजियोथेरापी सङ्घको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप क्रिकेट : बागमती र आर्मी सुपर फोरमा प्रवेश, कोशी बाहिरियो



अ+ अ-

विराटनगर। बागमती प्रदेश धनगढीमा जारी प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुपर फोरमा प्रवेश गरेका छन् ।

आज सम्पन्न दोस्रो खेलमा मधेस प्रदेशलाई ७ विकेटले हराएर समूह बी को उपविजेताको रूपमा बागमती सुपर ४ मा पुगेको हो । जितका लागि पाएको ४१ रनको लक्ष्य बागमतीले ६ दशमलव ४ ओभरमा ३ विकेटको क्षतिमा पूरा ग¥यो । जसमा यसु पाण्डेले सर्वाधिक १९ रन जोडिन् ।

बलिङमा मधेसका लागि रोजी कडारीले २ विकेट झारिन् । यसअघि फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको मधेस १५ दशमलव ५ ओभरमा ४० रनमा अलआउट भयो । मधेसका कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बागमतीका लागि  प्लेयर अफ द म्याचसमेत भएकी  कप्तान कञ्चन श्रेष्ठले ४ विकेट हात पारिन् । यसअघि आजै भएको पहिलो खेलमा कोशी प्रदेशमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै त्रिभुवन आर्मी क्लब समूह विजेताको रूपमा सुपर ४ मा पुगिसकेको छ ।

समूह बी मा रहेको कोशी र मधेस भने प्रतियोगिताबाट बाहिरिसकेका छन् । उता समूह ए बाट एपिएफ विजेता र सुदूरपश्चिम उपविजेता भएर सुपर ४ मा सुरक्षित भइसकेका छन् । माघ १ गतेदेखि सुरू भएको प्रतियोगितामा माघ १२ गते सम्पन्न हुनेछ ।

प्रतियोगिताको उपाधि जित्नेले रू पाँच लाख, दोस्रो हुनेले  रू तीन लाख, प्लेयर अफ द सिरिजलाई रू ५० हजार, बेस्ट ब्याटर र बेस्ट बलरलाई रू २५÷२५ हजार पुरस्कार दिइनेछ । रासस