२५ जेष्ठ २०८३, सोमबार
,
Latest
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिल्म ‘मायावी’ को नयाँ गीत ‘सितारा जडेको’ सार्वजनिक



अ+ अ-

काठमाडौँ। फागुनको १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘मायावी’को नयाँ गीत ‘सितारा जडेको’ सार्वजनिक भएको छ ।

गीतमा दीक्षित पौडेल र समिरा थपलियाको स्वर, शम्भुजित बास्कोटाको संगीत, दयाराम पाण्डे र दिवाकर भट्टराई को शब्द रहेको छ । गीतको भिडियोमा फिल्मका शीर्ष कलाकार पल शाह, दीपिका प्रसाईं र नव-अभिनेता समिम खान फिचर्ड छन्।

गीतले बिहेको बिदाइको पललाई भावुकताका साथ वर्णन गरेको छ । यस फिल्मको दुई वटा गीत यसअघि नै सार्वजनिक भइसकेका छन् । यस फिल्ममा पल शाह, दीपिका प्रसाईं र नव-अभिनेता समिम, लक्ष्मी गिरी, अंशु महर्जन, रवि डंगोल, रमा प्रसाईं, दीपेन्द्र सिम्खडा, संगीता सिलवाल लगायतका कलाकारहरुको पनि अभिनय छ ।

दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको छ भने  क्रिएटिभ सिने आट्र्स प्रा.लिको प्रस्तुतिमा फिल्म बनेको हो। यसको निर्माता ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्त हुन्। कार्यकारी निर्माता प्रवीण भट्टराई, करण सिंह छन् भने सह–निर्माता मञ्जु भण्डारी, राजु पराजुली, सुमित ओली हुन्।

हेर्नुहोस भिडियो