१ पुष २०८२, मंगलवार
,
Latest
प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल एमाले महाधिवेशनः साँझ ७ बजेबाट मतदान हुने माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो अख्तियारद्वारा पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता पासाङ शेर्पाको उम्मेदवारी खारेज एमाले महाधिवेशनः ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने रेडपाण्डा म्याराथनः पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिल्म ‘मायावी’ को नयाँ गीत ‘सितारा जडेको’ सार्वजनिक



अ+ अ-

काठमाडौँ। फागुनको १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘मायावी’को नयाँ गीत ‘सितारा जडेको’ सार्वजनिक भएको छ ।

गीतमा दीक्षित पौडेल र समिरा थपलियाको स्वर, शम्भुजित बास्कोटाको संगीत, दयाराम पाण्डे र दिवाकर भट्टराई को शब्द रहेको छ । गीतको भिडियोमा फिल्मका शीर्ष कलाकार पल शाह, दीपिका प्रसाईं र नव-अभिनेता समिम खान फिचर्ड छन्।

गीतले बिहेको बिदाइको पललाई भावुकताका साथ वर्णन गरेको छ । यस फिल्मको दुई वटा गीत यसअघि नै सार्वजनिक भइसकेका छन् । यस फिल्ममा पल शाह, दीपिका प्रसाईं र नव-अभिनेता समिम, लक्ष्मी गिरी, अंशु महर्जन, रवि डंगोल, रमा प्रसाईं, दीपेन्द्र सिम्खडा, संगीता सिलवाल लगायतका कलाकारहरुको पनि अभिनय छ ।

दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको छ भने  क्रिएटिभ सिने आट्र्स प्रा.लिको प्रस्तुतिमा फिल्म बनेको हो। यसको निर्माता ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्त हुन्। कार्यकारी निर्माता प्रवीण भट्टराई, करण सिंह छन् भने सह–निर्माता मञ्जु भण्डारी, राजु पराजुली, सुमित ओली हुन्।

हेर्नुहोस भिडियो