२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट
तपाईं के खोज्दै हुनुहुन्छ ?

सैफ अली खान ५ दिनपछि अस्पतालबाट डिस्चार्ज



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता सैफ अली खान ५ दिनपछि मंगलबार लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन् । जनवरी १५ मा बिहान करिब २ः३० बजे उनीमाथि चक्कु प्रहार भएको थियो । सैफको घाँटी र मेरुदण्डमा गम्भीर चोट लागेको थियो ।

यसपछि सैफ अटोबाट लीलावती अस्पताल पुगे, जहाँ उनको शल्यक्रिया र उपचार भयो । सैफ अली खानलाई लीलावती अस्पतालबाट घर पुग्न करिब १५ मिनेट लाग्यो । यस क्रममा उनी सडकमा मानिसहरूलाई मुस्कुराउँदै अभिवादन गरेको देखिन्थे ।

घर पुगेपछि उनी आफैं कारबाट ओर्लेर भवनभित्र पसे । सैफले सेतो शर्ट, नीलो जिन्स र कालो चश्मा लगाएका थिए । उनको ढाडमा ब्यान्डेज देखिन्थ्यो ।

उनको घरबाहिर कडा सुरक्षा व्यवस्था गरिएको छ । सैफ अब उनीमाथि आक्रमण भएको सतगुरु शरण अपार्टमेन्टमा बस्ने छैनन् । उनी पहिले बस्दै आएको फर्च्यून हाइट्स अपार्टमेन्टमा गएका हुन् ।

उनको सामान हिजै राति सारिएको छ । सतगुरु अपार्टमेन्ट आउनुअघि सैफ आफ्नो परिवारसँग फर्च्युन हाइट्समा बस्थे, पछि उनले यसलाई अफिसमा परिणत गरे ।