२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सैफ अली खान ५ दिनपछि अस्पतालबाट डिस्चार्ज



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता सैफ अली खान ५ दिनपछि मंगलबार लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन् । जनवरी १५ मा बिहान करिब २ः३० बजे उनीमाथि चक्कु प्रहार भएको थियो । सैफको घाँटी र मेरुदण्डमा गम्भीर चोट लागेको थियो ।

यसपछि सैफ अटोबाट लीलावती अस्पताल पुगे, जहाँ उनको शल्यक्रिया र उपचार भयो । सैफ अली खानलाई लीलावती अस्पतालबाट घर पुग्न करिब १५ मिनेट लाग्यो । यस क्रममा उनी सडकमा मानिसहरूलाई मुस्कुराउँदै अभिवादन गरेको देखिन्थे ।

घर पुगेपछि उनी आफैं कारबाट ओर्लेर भवनभित्र पसे । सैफले सेतो शर्ट, नीलो जिन्स र कालो चश्मा लगाएका थिए । उनको ढाडमा ब्यान्डेज देखिन्थ्यो ।

उनको घरबाहिर कडा सुरक्षा व्यवस्था गरिएको छ । सैफ अब उनीमाथि आक्रमण भएको सतगुरु शरण अपार्टमेन्टमा बस्ने छैनन् । उनी पहिले बस्दै आएको फर्च्यून हाइट्स अपार्टमेन्टमा गएका हुन् ।

उनको सामान हिजै राति सारिएको छ । सतगुरु अपार्टमेन्ट आउनुअघि सैफ आफ्नो परिवारसँग फर्च्युन हाइट्समा बस्थे, पछि उनले यसलाई अफिसमा परिणत गरे ।