२२ मंसिर २०८२, सोमबार
,
Latest
न्यायको जीत भएको कार्यकारी निर्देशक शाक्यको भनाइ ‘जेनजी’ प्रदर्शनका क्रममा भागेका एक व्यक्ति पक्राउ जापानको उत्तरपूर्वी क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी जारी अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा युक्रेनी नेता जेलेन्स्कीको आलोचना, युरोपेली सहयोगीसँग भेट्दै मुख्यमन्त्री शाह र अर्थमन्त्री खनालबीच भेट भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित गुणस्तरीय काम गरे भुक्तानीमा समस्या छैनः मुख्यमन्त्री कँडेल भृकुटीमण्डपमा आगामी पुस ५ गते ‘एकता सन्देश सभा’ नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी पञ्चाङ्ग निर्णायक समितिमा २०८३ सालको पात्रोलाई स्वीकृति दिने प्रक्रिया अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौरीपालन व्यवसायमा आकर्षण



अ+ अ-

त्रिवेणी । रुकुम पूर्वको सिस्ने गाउँपालिका–३ का कमलाल खड्काले मौरीपालन गर्न थालेको नौ वर्ष भयो । दशवटा गोलाबाट मौरीपालन सुरु गरेका खड्कासँग हाल एक सय २३ वटा मौरी गोला छन् । सोही मौरी गोलाबाट यस ‘सिजन’मा दुई सय २५ केजी मह उत्पादन भयो । उत्पादित मह पनि बिक्री भइसकेको छ । प्रतिकेजी रु एक हजार दुई सयका दरले यो सिजनको महबाट खड्काले रु दुई लाख ७० हजार आम्दानी गर्नुभएको छ । गत वर्षभन्दा यो वर्ष भने मह उत्पादन घटेको उहाँले बताउनुभयो ।

गत वर्ष उहाँले ७० वटा मौरी गोलाबाट दुई सय करिब ३८ केजी मह उत्पादन गर्नुभएको थियो । उक्त वर्ष मह बिक्रीबाट रु छ लाख ४० हजार आम्दानी भएको उहाँको भनाइ छ । गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा ६० प्रतिशतसम्म कमी आएको मौरीपालक कृषकहरूको भनाइ छ । “महको माग बढिरहको छ, मह उत्पादन घटेका कारण ग्राहकलाई मागअनुसारको मह पु¥याउन सकिएको छैन्”, खड्काले भन्नुभयो ।

सोही वडाका ओमप्रकाश खड्का पनि पुराना मौरीपालक कृषक हुनुहुन्छ । उहाँसँग हाल एक सय ५१ वटा मौरी गोला छन् । उक्त गोलाबाट एकपटकमा उहाँले तीन सय सय १२ केजी मह उत्पादन गर्नुभयो । उत्पादित मह बिक्रीबाट रु तीन लाख ७५ हजार आम्दानी भएको छ । विसं २०५५ देखि मौरीपालन सुरु गरेका ओमप्रकाशको पनि यस वर्ष मह उत्पादन घटेको छ । गत वर्षको तुलनामा यस वर्ष आधाभन्दा बढी मह उत्पादनमा कमी आएको उहाँको भनाइ छ ।

गत वर्ष एक सय ४५ वटा मौरी गोलाबाट सात सय ४२ केजी मह उत्पादन भएको थियो । सोही वर्ष उत्पादित मह बिक्री गरेर रु आठ लाख ६१ हजार आम्दानी गरेको ओमप्रकाशले बताउनुभयो । यस वर्षको यो सिजनमा कमलाल र ओमप्रकाशको मात्र नभई जिल्लाका अधिकांश मौरीपालक कृषकको मह उत्पादन घटेको छ ।

चिउरीको फूल फुल्ने समयमा पानी परेका कारण मह उत्पादनमा कमी आएको मौरीपालक कृषकले बताएका छन् । कात्तिकदेखि मह निकाल्न सुरु गरिन्छ । अधिकांश कृषकले मह निकाली सकेका छन् । तीन स्थानीय तह रहेको यस जिल्लामा सबैभन्दा बढी सिस्ने गाउँपालिकामा मह उत्पादन हुने गरेको छ । सिस्ने गाउँपालिकामा प्रायः सर्वसाधारणले मौरीपालन गर्ने गरेका छन् । भूमे र पुथाउत्तरगङ्गा गाउँपालिकामा सिस्नेको तुलनामा मौरीपालन कम हुन्छ । मह बिक्री गरेर यहाँका कृषकले राम्रो आम्दानी गर्ने गरेका छन् । यस क्षेत्रको मह रुकुम पश्चिम, सल्यान, जाजरकोट, दाङ, पोखरा तथा काठमाडौँसम्म पुग्ने गरेको छ ।

रुकुम पूर्वमा तीन आर्थिक वर्षमा २४ दशमलव आठ मेट्रिक टन मह उत्पादन भएको छ । तीन स्थानीय तह रहेको रुकुम पूर्वमा उक्त परिमाणमा मह उत्पादन भएको हो । जिल्लाभर आर्थिक वर्ष २०७८/७९ मा छ दशमलव सात मेट्रिक टन मह उत्पादन भएको एकीकृत कृषि तथा पुशपन्छी विकास कार्यालय रुकुम पूर्वका प्रमुख डिल्लीराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आव २०७९/८० मा अघिल्लो आवको भन्दा महको उत्पादन घटेर छ मेट्रिक टन उत्पादन भयो भने आर्व २०८०/८१ मा महको उत्पादन दोब्बर बढेर १२ दशमलव एक मेट्रिक टन मह उत्पादन भएको थियो । चालु आवको भने किसानहरुले मह निकाल्दै रहेका मह उत्पादनको विवरण प्राप्त नभएको प्रमुख पौडेलले जानकारी दिनुभयो । जिल्लामा किसानले प्रतिधार्नी मह (दुई दशमलव पाँच केजी) रु तीन हजारमा बिक्री गर्दै आएका छन् ।

रुकुम पूर्वमा तीन आर्थिक वर्षमा मह बिक्रीबाट मात्रै किसानले रु दुई करोड २५ लाख २४ हजार आम्दानी गरेका छन् । जिल्लामा व्यावसायिक मौरीपालन गर्ने किसानले रु दुई लाखदेखि सात लाखसम्म आम्दानी गर्ने गरेका छन् । एकीकृत कृषि तथा पुशपन्छी विकास कार्यालय रुकुम पूर्वका अनुसार आव २०७८/७९ मा छ दशमलव सात मेट्रिक टनबाट रु ८० लाख ४० हजार आम्दानी गरेका छन्भने आव २०७९०/८० मा महको उत्पादन घटेर छ मेट्रिक टन उत्पादन हुँदा रु ७२ लाख किसानले आम्दानी गरेका थिए । गत वर्ष भने मह उत्पादन दोब्बर उत्पादन भएर १२ दशमलव एक मेट्रिक टन मह उत्पादन हुँदा रु एक करोड ४५ लाख २० हजार रकम जिल्लामा भित्रिएको थियो । चालु आर्थिक वर्षको भने मह उत्पादनको विवरण आइसकेको छैन । विवरण प्राप्त नभए पनि यस वर्ष किसानले मह उत्पादनमा कमी आएको गुनासो गरिरहेकाले मह उत्पादनमा कमी हुनसक्ने कार्र्यालले अनुमान गरेको छ ।

जिल्लाभर कृषकले चार हजार तीन सय ८० घारमा मह उत्पादन गरिरहेका छन् । व्यावसायिक मौरीपानल गर्ने कृषकले एक सयदेखि एक सय ५० घारमा मौरीपालन गर्दै आएका छन् । जिल्लाभर आर्थिक वर्ष २०७८/७० मा एक हजार चार सय ८० घारबाट मह उत्पादन भएको थियो । भने आव २०७९/०८० मा मह उत्पादन हुने घारको सङ्ख्या घटेर एक हजार दुई सयमा मात्र मह उत्पादन भएको थियो । गत आवमा भने घारको सङ्ख्या बढेर एक हजार सात सय पुगेको थियो । मह उत्पादन पनि सोही मात्रामा बढेर १२ दशमलव एक मेट्रिक टन उत्पादन भएको थियो । यस वर्ष भने मह उत्पादनको विवरण तथा घारको सङ्ख्याको विवरण प्राप्त हुन बाँकी रहेको कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख पौडलले जानकारी दिनुभयो ।