२५ जेष्ठ २०८३, सोमबार
,
Latest
१९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पुष्पा २’ ले ४६ दिनमा कति कमायो ?



अ+ अ-

काठमाडौँ। ‘पुष्पा २’ भारतीय बक्सअफिसमा सर्वकालीन धेरै कमाउने भारतीय फिल्म बनेको छ ।

‘पुष्पा २ः द रुल’ ले हिन्दी फिल्म बजारमा अल्लु अर्जुनको स्टारडम झन उचाइमा पुगेको छ । पहिलो दिनदेखि नै पुष्पा २ ले हिन्दी फिल्मका दर्शकलाई जबरदस्त मनोरञ्जन दिँदै आएको थियो ।

यो फिल्म प्रदर्शन भएको ४६ दिन भइसक्यो। तर फिल्मलाई दर्शकले अझै साथ दिइरहेका छन्। सैकनिल्कको रिपोर्ट अनुसार फिल्मले ४६ औं दिनमा १ करोड १८ लाख भारू कमाएको छ।

यस फिल्मले अहिलेसम्म १२२७ करोड ९३ लाख भारू कमाएको छ। फिल्मले विश्वभरबाट १७३४ करोड भारू कमाएको छ।  ‘पुष्पा २’ ले सबैभन्दा धेरै कमाइ गर्ने भारतीय फिल्मको रेकर्ड राखेको छ।

सुकुमारको लेखन र निर्देशन रहेको फिल्ममा अल्लु र रश्मिकासहित फरद फासिल, धनञ्जय, राव रमेश, सुनिल, अजय घोष लगायतको अभिनय छ। नवीन येर्नेनी र रविशंकर यममाञ्चिली फिल्मका निर्माता हुन्।