१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

माघ दोस्रो साता अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा सम्मेलन

माघ दोस्रो साता अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा सम्मेलन
अ अ+ अ-

काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसका अवसरमा ‘अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा’ सम्मेलन आयोजना गर्ने भएको छ । केन्द्रले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यही माघ १३ देखि १५ गतेसम्म सम्मेलन आयोजना गरी दिवस मनाउन लागिएको जानकारी दिएको छ ।

संयुक्त राष्ट्रसङ्घले पृथ्वी र पृथ्वीमा बसोबास गर्ने मानव तथा सम्पूर्ण प्राणीजगत्को हित गर्ने स्वच्छ ऊर्जाको न्यायपूर्ण र समावेशी रुपान्तरणका लागि सचेतना जगाउने र सोही बमोजिमका क्रियाकलाप सञ्चालन गर्ने उद्देश्यका साथ सन् २०२४ देखि हरेक वर्ष जनवरी २६ लाई अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसका रुपमा मनाउँदै आएको छ ।

सम्मेलनको पहिलो दिन यस क्षेत्रसँग सम्बन्धित समस्या, चुनौती तथा अवसरबारे सरोकारवालासँगको अन्तरक्रिया गर्ने केन्द्रले जनाएको छ । दोस्रो दिन नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता क्षेत्रको अवस्था, सरकारको प्राथमिकता तथा आवश्यकता सम्बन्धमा जानकारी गराउने, विकास साझेदारहरुको प्राथमिकता सम्बन्धमा जानकारी हासिल गर्ने एवं आगामी सहकार्य सम्बन्धमा विकास साझेदारहरुसँग छलफल गर्ने केन्द्रको भनाइ छ । सम्मेलनको तेस्रो दिन उत्थानशील एवं न्यून कार्बनमा आधारित अर्थतन्त्रका लागि स्वच्छ ऊर्जा रुपान्तरणसम्बन्धी सम्मेलन आयोजना गरिनेछ ।

केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले अन्तिम दिनको कार्यक्रममा नेपालमा उत्थानशील एवं न्यून कार्बनमा आधारित अर्थतन्त्रको विकासमा सघाउ पु¥याउने स्वच्छ ऊर्जा रुपान्तरणलाई तीव्रता दिनका लागि सरोकारवालाबीच अनुभव आदानप्रदान, लगानीको अवसरबारे अन्तरक्रिया एवं आवश्यक रणनीति तर्जुमाका लागि विभिन्न प्रस्तुति रहने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सम्मेलनले नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता एवं जलवायु परिवर्तनसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी निकाय, प्रदेश सरकार तथा स्थानीय तह, अनुसन्धानमुलक, प्राज्ञिक संस्था, विकास साझेदार संस्था, लगानीकर्ता, यस क्षेत्रका अभ्यासकर्ता निजी क्षेत्र, सञ्चार जगत, नागरिक समाज एवं क्षेत्रगत विज्ञहरु एउटै स्थलमा उपस्थित हुने अवसर जुटाउनेछ ।”

ढकालका अनुसार सम्मेलनमा तीन सय ५० भन्दा बढीको सहभागिता रहनेछ । यसका लागि १० वटाभन्दा बढी विभिन्न संस्थाहरुको सहयोग रहने केन्द्रको भनाइ छ ।

क्षेत्रगत आवश्यकता, अवसर र चुनौतीहरुको पहिचान, लगानीयोग्य आयोजनाको प्राथमिकीकरण तथा स्वच्छ ऊर्जा रुपान्तरणका लागि लगानीका सम्भावना तथा स्रोत परिचालनका अवसर, नेपालको ऊर्जा रुपान्तरण एवं जलवायु परिवर्तनसँग सम्बन्धित वर्तमान विकास साझेदारी एवं भविष्यको लगानी छनोटको सन्दर्भमा सो क्षेत्रमा भएका सफल आयोजना एवं थालनीका अभ्यासबारे अनुभव आदानप्रदान सम्मेलनको मुख्य लक्ष्य रहेको उहाँको भनाइ छ ।

सम्मेलनमा सम्भाव्य लगानीयोग्य आयोजना प्रस्तुत एवं लगानी अभिवृद्धिमा जोड, ज्ञानमूलक सामग्रीको उत्पादन, प्रकाशन तथा वितरण पनि सम्मेलनमा गरिनेछ । उहाँले भन्नुभयो, “ऊर्जा रुपान्तरणका लागि क्षेत्रगत आवश्यकताको पहिचान, ऊर्जा रुपान्तरणका लागि लगानी आवश्यकता र जलवायु वित्तका लागि विभिन्न संयन्त्र पहिचान, लगानी अभिवृद्धि एवं विकास सहकार्य थप मजबुत हुने अपेक्षा छ ।”

सम्मेलनबाट नेपाल सरकारबाट हालै स्वीकृत ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१ र विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरणसम्बन्धी कार्ययोजना, २०८० को प्रभावकारी कार्यान्वयनका लागिसमेत सहयोग पुग्ने अपेक्षा छ । ऊर्जा रुपान्तरणसम्बन्धी विभिन्न विषयवस्तुमा आधारित रही पाँचवटा पूर्णसत्र सञ्चालन गरिनेछ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताको क्षेत्रमा काम गर्ने प्रमुख निकाय हो । केन्द्रले स्थापनाकालदेखि नै नवीकरणीय ऊर्जा प्रविधि विस्तार तथा ऊर्जा दक्ष प्रविधि र उपायहरुको प्रवद्र्धनको माध्यमबाट स्वच्छ ऊर्जाको पहुँच वृद्धि, ऊर्जा सेवालाई भरपर्दो, गुणस्तरीय र दिगो बनाउने र ऊर्जा सेवालाई आर्थिक क्रियाकलापहरुसँग सम्बद्ध गराई समावेशी आर्थिक सामाजिक विकासमा योगदान पु¥याउँदै आएको छ ।

ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१ मा राष्ट्रिय ग्रिड नपुगेका स्थानमा अफग्रिड सौर्य, वायु तथा लघु जलविद्युत्मार्फत आगामी दुई वर्षभित्र शत्प्रतिशत घरधुरीमा विद्युत् पु¥याउनेलगायत नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विभिन्न लक्ष्य समेटिएका छन् ।