२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

लखनउ सुपर जायन्ट्सको कप्तानमा ऋषभ पन्त



अ+ अ-

एजेन्सी । ऋषभ पन्त लखनउ सुपर जायन्ट्स (एलएसजी)को नयाँ कप्तान बनेका छन् । उनले केएल राहुलको स्थान लिनेछन् । यसअघि पन्त दिल्ली क्यापिटल्सका कप्तान थिए ।

मेगा अक्सनपछि पन्तलाई लखनउको कप्तान बनाउने चर्चा चलेको थियो । फ्रेन्चाइजीले पन्तलाई नोभेम्बर–२०२४ मेगा अक्सनमा २७ करोड रुपैयाँमा किनेको थियो । योसँगै पन्त आईपीएलका सबैभन्दा महँगा खेलाडी बनेका छन् ।

पन्तले यसअघि तीन सिजन (२०२१, २०२२ र २०२४ंमा दिल्ली क्यापिटल्सको नेतृत्व गरिसकेका थिए । उनको कप्तानीमा टोली २०२१ प्लेअफमा पुगेको थियो । उनी कार दुर्घटनापछि २०२३ को सिजनबाट बाहिरिएका थिए ।

लखनउ पन्तको लागि आईपीएलमा दोस्रो टोली हो । यसअघि उनले सन् २०१६ मा दिल्ली क्यापिटल्सबाट आईपीएलमा करियर सुरु गरेका थिए । त्यसबेला डेयरडेभिल्स (दिल्ली क्यापिटल्सको पुरानो नाम)ले २०१६ को लिलामीमा उनलाई १.६ करोडमा किनेको थियो ।