२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश…
तपाईं के खोज्दै हुनुहुन्छ ?

डोनाल्ड ट्रम्पले भने–म तेस्रो विश्व युद्ध रोक्नेछु (फोटोफिचर)



अ+ अ-

एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार राति वासिङ्टनमा आफ्नो विजयी भाषण दिएका छन् ।

सपथग्रहणअघि दिएको यो भाषणमा ट्रम्पले विश्वमा तेस्रो विश्वयुद्ध हुनबाट रोक्ने बताए । ट्रम्पले भने– हामी तेस्रो विश्वयुद्धको धेरै नजिक छौं । यो ट्रम्पको प्रभाव हो कि चुनाव जितेको ३ महिनामै गाजामा युद्धविराम भएको छ ।’

ट्रम्पले युक्रेनमा जारी युद्ध र मध्यपूर्वका देशहरूमा फैलिएको अराजकता रोक्ने कुरा पनि गरेका छन् ।

ट्रम्पका अनुसार उनको सोमबारको सपथले अमेरिकी पतनको चार वर्षको अन्त्य गर्नेछ । ट्रम्पले आफ्नो अर्को कार्यकालमा ऐतिहासिक गतिमा काम गर्ने कुरा गरेका छन् । यो मेक्सिको सीमा सिल गरेर सुरु हुनेछ । ट्रम्पले भने ।

डोनाल्ड ट्रम्पले चिनियाँ एप टिकटकलाई प्रतिबन्ध नगर्ने दोहोर्‍याएका छन् । उनले सपथ लिएपछि यसका लागि कार्यकारी आदेश जारी गर्ने बताए । सम्बोधनका क्रममा ट्रम्पले टिकटक आजबाट फिर्ता भएको पनि बताए ।

तस्बिरः एएफपी




भर्खरै