४ पुष २०८२, शुक्रबार
,
Latest
निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

यु–१९ महिला विश्वकप क्रिकेटः नेपालले स्कटल्यान्डलाई दियो ७४ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । मलेसियामा जारी आइसिसी यु–१९ महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले दोस्रो खेल खेलिरहेको छ । नेपालले स्कटल्यान्डलाई ७४ रनको लक्ष्य दिएको छ ।

मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपाल १८.५ ओभरमा ७३ रनमा अलआउट भयो ।

नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २७ रन जोडिन् । यस्तै, सावित्रि धामीले १० रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालले अतिरिक्त १४ रन पायो ।

बलिङतर्फ स्कटल्यान्डकी मेइसी मकेइरा एक्लैले पाँच विकेट लिइन् । यस्तै, एम्मी बाल्डी र नयमा शेखले दुई–दुई विकेट लिए भने क्रिस्टी म्याककोलले एक–एक विकेट लिए ।

नेपाल र स्कटल्यान्डले हालसम्म एक–एक खेल खेलेका छन् । दुवै टोली आज पहिलो जितको खोजीमा छन् ।

यसअघि भएको पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको थियो । यस्तै स्कटल्यान्ड पहिलो खेलमा अस्ट्रेलियासँग नौ विकेटले पराजित भएको थियो ।