४ आश्विन २०८१, शुक्रबार
,
Latest
प्यालेस्टिनबाट इजरायल हट्नुपर्ने प्रस्ताव राष्ट्रसंघबाट पारित, नेपाल तटस्थ बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव धार्मिक तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्न ‘हेटौँडा सम्पदा यात्रा’ संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा चौथो नेपालगञ्ज फोटो फेस्टिबलका लागि फोटो आह्वान सुनसान ‘रिहार’ धाम उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो देशभर मनसुनी वायुको प्रभाव कायम प्रधानमन्त्री ओली आज अमेरिका जाँदै, १० गते महासभालाई सम्बोधन बार्सिलोना मोनाकोसँग पराजित, आर्सनल र एटलान्टाको बराबरी
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुराना राजनीतिकर्मी आचार्यको निधन



अ+ अ-

काठमाडौं । पुराना राजनीतिकर्मी तथा कथाकार  यज्ञप्रसाद आचार्यको निधन भएको छ  । मुटु र मिर्गौलामा समस्या उत्पन्न भई तीन सातादेखि काठमाडौंँको नर्भिक अस्पतालमा सघन उपचाररत ८७ वर्षीय आचार्यको मङ्गलबार राति निधन भएको हो । उनको राति नै दाहसंस्कार गरिएको परिवारले जनाएको छ  । जहानियाँ राणाशासनविरुद्धको आन्दोलनमा तत्कालीन धनकुटा जिल्लाको तेर्हथुमका लागि उनले सत्याग्रही कमाण्डर बनेर नेतृत्व गरेका थिए । 

राजपरिषद् स्थायी समितिका सदस्य पनि रहेका आचार्यका नेपाली भाषा, पत्रकारिता, अध्यापन, सामाजिक सेवा र साहित्यिक गतिविधिमा पनि आचार्यको योगदान रहेको छ । वामपन्थी  पृष्ठभूमिका उनी विसं २०१६ देखि धरान नगरपालिकाको तीन पटक प्रमुखमा निर्वाचित भए । उनकै अगुवाइमा नेपालमै पहिलो पटक सामुदायिक बिजुली उत्पादनगृह (पावर हाउस) स्थापना भई धरानमा बिजुली वितरण गरिएको थियो । 

कथाकार आचार्यका तीन कथासङ्ग्रह र नेपालको परराष्ट्रनीतिबारे एक पुस्तक तथा आत्मवृत्तान्त ‘जे देखे‘, जे भोगे‘’ प्रकाशित छ । धनकुटाको छथरस्थित तेलिया पीपलेमा विसं १९९० मा जन्मेका आचार्य प्रवेशिका र स्नातकोत्तर परीक्षा उत्तीर्ण गर्ने धरानकै पहिलो व्यक्ति भएको जनाइएको छ ।