२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

श्री एयरलाइन्सँग किन रिसाइन् समीक्षा ?

श्री एयरलाइन्सँग किन रिसाइन् समीक्षा ?
अ अ+ अ-

काठमाडौँ । गायिका समीक्षा अधिकारी अहिले महोत्सवहरुमा प्रस्तुति दिनमा व्यस्त छिन् ।

आइतवार पनि उनी आफ्नो प्रस्तुति दिनका लागि बिहान आठ बजे नै काठमाडौंको विमानस्थलमा पुगिसकेकी थिइन् । तर उनले विमानमा यात्रा गर्न भने पाइनन् ।

उनले कुन ठाउँमा प्रस्तुति दिन जान लागेको भन्ने बारेमा स्पष्ट नखुलाए पनि उनको स्टाटसले उनी नेपालगन्जमा प्रस्तुति दिन जान लागेकी हुन् कि भन्ने बुझिन्छ ।

उनले फेसबुकमा लेखेको स्टाटसमा केहि समय अगाडि पनि आफू श्री एयरलाइन्स कम्पनिकै कारण नेपालगञ्जको आफ्नो कार्यक्रम नै छुटाउनु परेको कुरा बताएकी छिन् ।

आज पनि उनलाई त्यस्तै अवस्था आएको छ । समीक्षालाई आठ बजे नै एयरपोर्ट पुग्नु थियो र उनी एयरपोर्ट पुगिन् पनि तर प्लेन दुई बजे मात्रै उड्ने खबर आयो । जब बिहान आठ बजेको प्लेन दिउँसोको दुई बजेमात्र उठ्छ भन्ने जानकारी गराइयो, तब समिक्षाले एयरपोर्टबाट नै एउटा स्टाटास लेखेर आफू लगायत धेरै यात्रु एयरपोर्टमा अलपत्र परेको बताइन् ।

मौसम सफा भइसक्दा पनि श्री एयरलाइन्सले आफूहरुलाई अलपत्र पारेपछि उनले उक्त स्टाटसबाट आक्रोश पोखेकी हुन् । उनले अन्य प्लेन धमाधम उडेपनि श्री एयरलाइन्सले भने दुई बजेमात्र उडान भर्ने जानकारी दिएपछि उनी ओक्रोशित बनेकी हुन् ।

समीक्षाले फेसबुकमा लेखेकी छन्–
मौसम खराबीले उडान प्रभावित हुनु त स्वाभाविकै हो तर एयरपोर्ट खुलिसक्दा पनि बिहान ८ बजेको प्लेन अब दिउँसो २ बजे मात्रै उड्छ भन्दै श्री एयरलायन्सले यात्रुलाई एयरपोर्टमै अलपत्र पारेको छ। अन्य एयरलायन्सले धमाधम प्लेन उडाईरहेका छन्।

केहि दिनअघि पनि मैले यहि एयरलायन्सबाट धोका पाएपछि नेपालगञ्जको कार्यक्रम नै छुटाउनु परेको थियो। आज पनि म बिहानैदेखी काठमाडौं एयरपोर्टमै छु। श्री एयरलायन्सबाट धोका पाउने म पहिलो पात्र पक्कै होईन। यस्तो घटना कि त अन्य एयरलायन्ससंग कमिसन खाने कर्मचारीले घटाउछन्, कि त यो एयरलायन्स काम छैन।