११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेशम र सीताको मौलिक गीतः ढल्यो लाँकुरी



अ+ अ-

काठमाडौँ:  रेशम निर्दोष र सीता परियारको स्वरमा ‘ढल्यो लाँकुरी’ बोलको गीत सार्वजनिक भएको छ । पञ्चैबाजाको तालमा रहेको यो गीतलाई सीता परियार युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

रमेश बिजीको शब्द रहेको गीतको लय सङ्कलन रमेश निर्दोषले गर्नुभएको छ । गण्डक क्षेत्रको प्रचलित मौलिक लयमा आधारित गीतको एरेञ्ज, मिक्सिङ र मास्टरिङ एचबीएन किस्मतले गर्नुभएको छ । साथै वान डिबी एचडीमा अडियो निर्माण भएको गीतको रेकर्डिङ राज खड्काले गर्नुभएको हो ।

करन चौसिर छाँयाकार रहनुभएको यो गीतको भिडियोको छाँयाङ्कन तनहुँ भानुचोकका विभिन्न स्थानमा गरिएको छ । भिडियोको सम्पादन अमृत चापागाईंले र शृङ्गार कविता तोलाङ्गीले गर्नुभएको छ । पूर्ण परियारको निर्माण, रेशम निर्दोषको निर्देशन रहेको म्युजिक भिडियोमा रेशम निर्दोष, जुना गुरुङ, पूर्ण परियार र सीता परियारको अभिनय छ ।

बागलुङ्गे कोइलीका उपनामले परिचित सीता परियारका प्रत्यक्ष दोहोरी र अन्य गीतलाई दर्शक र स्रोताले मन पराएका छन् । नेपाली गीतसङ्गीतको विभिन्न विधामध्ये पञ्चैबाजा, नौमती बाजा पनि एक हो । विशेषगरी विवाहलगायतका शुभकार्यमा गुञ्जिने यो गीत पछिल्लो समय भोज, पार्टी र उत्सव तथा महोत्सवमा पनि बजाउने चलन छ ।