४ पुष २०८२, शुक्रबार
,
Latest
नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी छ–ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेशम र सीताको मौलिक गीतः ढल्यो लाँकुरी



अ+ अ-

काठमाडौँ:  रेशम निर्दोष र सीता परियारको स्वरमा ‘ढल्यो लाँकुरी’ बोलको गीत सार्वजनिक भएको छ । पञ्चैबाजाको तालमा रहेको यो गीतलाई सीता परियार युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

रमेश बिजीको शब्द रहेको गीतको लय सङ्कलन रमेश निर्दोषले गर्नुभएको छ । गण्डक क्षेत्रको प्रचलित मौलिक लयमा आधारित गीतको एरेञ्ज, मिक्सिङ र मास्टरिङ एचबीएन किस्मतले गर्नुभएको छ । साथै वान डिबी एचडीमा अडियो निर्माण भएको गीतको रेकर्डिङ राज खड्काले गर्नुभएको हो ।

करन चौसिर छाँयाकार रहनुभएको यो गीतको भिडियोको छाँयाङ्कन तनहुँ भानुचोकका विभिन्न स्थानमा गरिएको छ । भिडियोको सम्पादन अमृत चापागाईंले र शृङ्गार कविता तोलाङ्गीले गर्नुभएको छ । पूर्ण परियारको निर्माण, रेशम निर्दोषको निर्देशन रहेको म्युजिक भिडियोमा रेशम निर्दोष, जुना गुरुङ, पूर्ण परियार र सीता परियारको अभिनय छ ।

बागलुङ्गे कोइलीका उपनामले परिचित सीता परियारका प्रत्यक्ष दोहोरी र अन्य गीतलाई दर्शक र स्रोताले मन पराएका छन् । नेपाली गीतसङ्गीतको विभिन्न विधामध्ये पञ्चैबाजा, नौमती बाजा पनि एक हो । विशेषगरी विवाहलगायतका शुभकार्यमा गुञ्जिने यो गीत पछिल्लो समय भोज, पार्टी र उत्सव तथा महोत्सवमा पनि बजाउने चलन छ ।