७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन

दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवाग्राहीलाई गाह्रो

दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवाग्राहीलाई गाह्रो
अ+ अ-

डोटी । जिल्ला प्रशासन कार्यालय डोटीमा दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । लामो समयदेखि कर्मचारीको दरबन्दी रिक्त रहे पनि सरकारले समयमै कर्मचारी नपठाउँदा सेवाग्राहीलाई गाह्रो भएको बताइएको हो । यहाँ दुई वर्षदेखि सहायक प्रमुख जिल्ला अधिकारीको दरबन्दी खाली छ भने अन्य शाखामा पनि जनशक्ति कम छन् ।
 
पर्याप्त कर्मचारीको अभावमा जनतालाई सेवा दिन समस्या हुँदै आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । विसं २०७५ मा तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेललाई प्रमुख जिल्ला अधिकारी तोकिएपछि उक्त दरबन्दी खाली भएको हो । अहिले पौडेलको काठमाडाँैमा सरुवा भए पनि यहाँ सहायक प्रमुख जिल्ला अधिकारी आएका छैनन् । लामो समयसम्म पनि कार्यालयको कामकाजमा कर्मचारी नपठाउँदा नागरिकतादेखि अन्य सेवाका काममा समस्या भएको छ । 

सरकारले सहायक प्रमुख जिल्ला अधिकारी तथा शाखा अधिकृतहरु हालसम्म नपठाएको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जानकारी दिनुभयो । त्यसैगरी शाखा अधिकृत दुई जनाको दरबन्दी भए पनि लामो समयदेखि एक जना शाखा अधिकृत शिवकुमार राइले काम चलाउँदै अनउनुभएकामा उहाँको पनि सरुवा भएको छ । कर्मचारी अभावका कारण सेवा लिन आएका सेवाग्राही रित्तो हात फर्किनुपरेको बताउँछन् ।
 
सेवा प्रवाह ढिला भएकाले नागरिकता लिन पनि स्थानीयले दुईदेखि तीन दिनसम्म पालो कुर्नुपर्ने अवस्था आएको बोगटान फुड्सिल गाउँपालिकाबाट नागरिकता लिन आएका स्थानीय दीपकबहादुर धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “फाँटमा कर्मचारी नै हुँदैनन्, नागरिकता दिन पनि दुईदेखि तीन दिन लाग्छ, गाउँबाट आएका हामी त्यतिका दिन कहाँ बस्ने के खाने, हाम्रो समस्या बुझिदिनुप¥यो ।” 

जिल्ला प्रशासनको समस्याका बारेमा मन्त्रालय र विभागमा पटक–पटक समस्या दर्शाउँदा पनि कसैले चासो नदेखाएका कारण जिल्लाको समस्या उस्तै रहेको प्रमुख जिल्ला अधिकारी भट्टराईले गुनासो गर्नुभयो । उहाँले भन्ुभयो, “प्रशासनमा कर्मचारी अभावको समस्या मन्त्रालयदेखि विभागसम्म सबैलाई जानकारी छ, कर्मचारी मागेर पत्राचार गरेका छौँ, पठाउँदैनन् हामी के गरौँ रु” 

पछिल्लो समय जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिने सेवाग्राहीको भीड बढेपछि कर्मचारी अभावमा सेवा प्रभावमा दिनहुँ समस्या हुँदै आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिकतासहित अन्य सेवा लिन आउने सेवाग्राहीको भीड थेगिनसक्नु छ, हामीसँग कर्मचारी अभाव छ, सेवा पवाहमा समस्या हुँदै आएको छ ।” 

नागरिकता लिनेको भीड बढेपछि जिल्लाका नौवटै स्थानीय तहका नागरिकलाई नागरिकता लिन जिल्ला प्रशासनले समय तालिका तोकेको छ । नागरिकता लिनेहरुमा पुरुषभन्दा महिला बढी आएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ । गत आर्थिक वर्षभन्दा यस वर्ष नागरिकता लिनेहरू बढेका छन् । कोरोना सङ्क्रमण फैलिनुभन्दा पहिले दैनिक २५ देखि ३० वटासम्म नागरिकता वितरण गर्ने गरिएकामा अहिले दैनिक १०० देखि २०० सम्म नागरिकता वितरण गरिएको सो कार्यालयले जनाएको छ । कोरोनाको सङ्क्रमण फैलिएपछि भारतबाट फर्किएका नागरिक अहिले घरपरिवारका सदस्यसहित नागरिकता लिन आएका छन् । त्यसैले जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले नागरिकता वितरणको तालिका तोकेको हो ।
 
कतिपय सेवाग्राहीहरुले जनस्वास्थ्यका मापदण्डको पालना नगर्ने भएकाले भीडभाड कम गर्न यस्तो निर्णय गरिएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक तथा डोटीका प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “सेवाग्राहीले कोरोनाबाट जोगिन सामान्य सावधानी पनि नअपनाएको तथा नागरिकताका लागि मात्रै बढी भीड लाग्न थालेपछि हामीले नयाँ नियम लागू गरेका छौँ, अब भीड केही नियन्त्रण हुनेछ र सङ्क्रमणको जोखिम पनि कम हुनेछ ।” 

नयाँ नियमअनुसार शिखर नगरपालिका, केआइसिंह गाउँपालिका र जोरायल गाउँपालिकाका नागरिकलाई आइतबार, आदर्श गाउँपालिका, पूर्वीचौकी गाउँपालिका र सायल गाउँपालिकालाई सोमबार र बिहीबार तथा दिपायल सिलगढी नगरपालिका, बडिकेदार गाउँपालिका र बोगटान फुड्सिल गाउँपालिकाका नागरिकलाई मङ्गलबार र शुक्रबार नागरिकता लिन आउनुपर्ने निर्णय बनाइएको जिल्ला प्रशासन कार्यालय डोटीका सूचना अधिकारी शिवकुमार राईले बताउनुभयो ।
     
कोरोनाका कारण जिल्लामा रहेका विद्यालयहरु पूर्णरूपमा बन्द छन् भने यातायातका साधन भने निर्वाधरूपमा सञ्चालन भइरहेका छन् । जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै बजार क्षेत्रलगायत अन्य सार्वजनिक क्षेत्रमा भने मानिसहरु स्वास्थ्य सुरक्षा मापदण्डको प्रवाह नै नगरी निर्वाधरूपमा हिँडडुल गरिरहेको पाइएको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका स्थानीयवासी सर्वजित देउवाले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रशासनले निषेधाज्ञा खुकुलो बनाएपछि यातयातदेखि बन्द भएका सबै सेवाहरु खुले अब नागरिक पनि कोरोनाको बेवास्ता गर्दै सडकमा हिँड्न थालेका छन्, जसले गर्दा जोखिम झन् बढ्ने खतरा देखिएको छ ।”
 
निषेधाज्ञाको समयमा सुरक्षाकर्मी परिचालन भए पनि निषेधाज्ञा खुकुलो भएसँगै सुरक्षाकर्मी पनि बजारमा नआउने भएका कारण यहाँका बजारमा नागरिकको चहलपहल भएको स्थानीयवासी बताउँछन् । त्यसैगरी जिल्ला प्रशासन कार्यालय डोटीले कार्यालयमा बिना मास्क आउने सेवाग्राहीलाई प्रवेश निषेध गर्ने निर्णय गरेको छ । कोरोनाको बेवास्ता गर्दै सेवाग्राही बिना मास्क आउन थालेपछि प्रशासनले उक्त निर्णय लिएको प्रशासकीय अधिकृत तथा सूचना अधिकारी राईले बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय सेवाग्राहीको भीड बढेको छ, कतिपय मास्क नलगाई नै सेवा लिन आउन थालेका कारण कोरोना सङ्क्रमणबाट जोगिन यो निर्णय गरेका हौँ ।” 

    जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुसार पछिल्लो समय जिल्लामा कूल एक हजार १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यहाँका निर्वाचित जनप्रतिनिधिले जिल्लामा दरबन्दीअनुसारका कर्मचारी ल्याई खाली भएका कार्यालयमा कर्मचारी व्यवस्थापन नगर्दा यस्तो समस्या भएको र नागरिकले दुःख पाएका राष्ट्रिय जनमोर्चाका नेता रमेश अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचित जनप्रतिनिधिले जिल्लामा दरबन्दीअनुसारका कर्मचारी खटाउन तथा खाली भएका कार्यालयमा कर्मचारी पदपूर्ति गराउनका लागि पहल गरेका छैनन्, दुःख जनतालाई भयो ।” जिल्ला प्रशासन मात्र नभई यहाँका विभिन्न सरकारी कार्यालयमा लामो समयदेखि कर्मचारी अभाव हुँदा तथा खटिएका कर्मचारी पनि काजमै काठमाडौँ बस्दै आएका कारण सेवाग्राही नागरिकलाई दिनहुँ समस्या हुँदै आएको छ ।