२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा. निकोलस भुसाललाई ५० हजार धरौटीमा छाड्न आदेश



अ+ अ-

काठमाडौँ । कास्की जिल्ला अदालतले डा. निकोलस भुसाललाई धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश शंकरबहादुर राईको इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने प्रहरी हिरासतमा रहेका बेलाको तस्बिर खिचेका डा. भुसाललाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो ।

सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रविको हिरासत तस्बिर भाइरल भएपछि रास्वपाका नेता कार्यकर्ता प्रहरीमाथि खनिएका थिए । त्यसपछि निकोलसले त्यो तस्बिर आफूले खिचेको बयान दिएका थिए ।

लगत्तै उनी पुस ७ गते पहिलो पटक पक्राउ परेका थिए । अदालतले उनलाई बाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।